नेपालमा कोरोनाबाट संक्रमण थप १४ जनाको मृत्यु

नेपालमा कोरोनाबाट संक्रमण  थप १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो । थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १९,३२० ओटा नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा ...

झापामा थप एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु

झापामा थप एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु
झापा। झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो । दमका रोगी उहाँलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचा...

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
धरान : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिनुभयो । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा...

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने : विज्ञ

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने : विज्ञ
काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित प्रहरी, सेना र निजामतीतर्फ हुने विज्ञहरूको भनाइ छ...

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका तीनजना सल्लाहकार, स्वकीय सचिवलगायतमा कोरोना संक्रमण देखिए पनि ओलीमा भने रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीको बिहीबार स्वाब संकलन गरिएको र सल्लाहकारलगायत १ सय ५० जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो । बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको र सल्लाहकारसहित केहीको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट ब...