अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या
वासिङ्टन : अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए, जसबाट एक जनाको मृत्यु भएको र अर्का एक प्रहरी घाइते भएका थिए । अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्...

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या
बेनी, कंगो : उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ । ती नागरिकहरु सो ...

म्यानमारमा एकैदिन १ सय १४ बढीकाे हत्या

म्यानमारमा एकैदिन १ सय १४ बढीकाे हत्या
एजेन्सी : म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन १ सय १४ भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि सेनाले गोली प्रहार गर्दा १ सय १४ जनाको ज्यान गएको हो । शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित १ सय १४  जनाभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गर...

म्यानमारमा सुरक्षाकर्मीबाट ७ वर्षकी बालिकाको घरभित्रै हत्या

म्यानमारमा सुरक्षाकर्मीबाट ७ वर्षकी बालिकाको घरभित्रै हत्या
काठमाडौं : म्यानमारको दोस्रो ठूलो सहर मान्डलेमा सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । खिम म्यो चिट नामकी ती बालिका सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गरेको थियो । त्यस क्रममा सेना ती बालिकाको घरमा आएका थिए । ‘उनीहरुले लात्ताले हानेर ढोका खोले’ बालिकाकी दिदी २२ वर्षकी मे थु सुमायाले भनिन् ‘ढोका खुलेपछि उनीहरुले बुबालाई घरमा अरु मानि...

१४ वर्षीय साहिदको हत्यामा तीन जना पक्राउ, ढुंगा प्रहार गरी गरेका थिए हत्या

१४ वर्षीय साहिदको हत्यामा तीन जना पक्राउ, ढुंगा प्रहार गरी गरेका थिए हत्या
वीरगंज : जिल्ला प्रहरी कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगर–२३ भलुही निवासी १४ वर्षीय साहिद हुसेन मियाँको हत्या सम्बन्धमा तीन जना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बुधवार जिल्ला प्रहरी कार्यालय, बारामा पत्रकार सम्मेलन गरी २५ वर्षीय क्यामुद्दीन मन्सुरी, २१ वर्षीय अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेद्दीन मियाँ अन्सारीलाई सार्वजनिक गरेका हुन्। पक्राउ पर्नेहरु भलुही निवासी हुन्। साहिदको हत्यामा यी तीन जनाको संलग्नता रहेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले दाबी पेश गरे। फा...

प्रहरीले घुँडाले थिचेर मारेका फ्लोयडको परिवारलाई तीन अर्ब क्षतिपूर्ति

प्रहरीले घुँडाले थिचेर मारेका फ्लोयडको परिवारलाई तीन अर्ब क्षतिपूर्ति
  एजेन्सी । अमेरिकी प्रहरीले घुँडाले थिचेर मारेका अश्वेत नागरिक जोर्ज फ्लोयडको परिवारलाई २७ मिलियन डलर (तीन अर्ब १३ करोड २० लाख रुपैयाँ) क्षतिपूर्ति दिइने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हत्या गरिएको भएको झन्डै एक वर्षपछि अमेरिकाको स्थानीय सरकार (मिलियापोलिस नगर परिषद्‌ बैठक) ले फ्लोयडको परिवारलाई क्षतिपूर्तिस्वरूप उक्त रकम दिने निर्णय गरेको हो। सन्‌ २०२० मे २५ तारिख मिलियापोलिस नगरमा प्रहरी अधिकारी डेरेक चौविनले भुइँमा लडाइ घाँटीमा घुँडाले थिच्दा ...

सम्झना बोहरा हत्याका अभियुक्त पक्राउ

सम्झना बोहरा हत्याका अभियुक्त पक्राउ
 गुल्मी : गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।  रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो । लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । हत्याको कारणब...

प्रवीण बाँस्तोला हत्या प्रकरण थप एक प्रतिवादी पक्राउ

प्रवीण बाँस्तोला हत्या प्रकरण थप एक प्रतिवादी पक्राउ
मोरङ : उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी –७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले प्रवीण बस्दै आएको घरका धनी रमेश गिरीलाई पनि सोमबार पक्राउ गरेको थियो । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । उपचारका लागि गोदाव...

नाइजेरियामा बन्दुकधारीले सात जनाको हत्या गरे

नाइजेरियामा बन्दुकधारीले सात जनाको हत्या गरे
अबुजा : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् । कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिनुभयो । अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो । नाइजेरियाको उत्तरी भूभागमा वर्षौं...

कैलालीमा एक युवक मृत अवस्थामा फेला

कैलालीमा एक युवक मृत अवस्थामा फेला
कैलाली : गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ । मृत फेला परेका रानाको हत्य...