भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु

भारतमा थप ३९ हजार संक्रमित, ५३६ संक्रमितको मृत्यु
काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ३८ पुगे...

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते
जाकार्ता  : इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिनुभयो । उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन् । खोजी तथा उद्धार जारी रहेकाले मृत्...

चितवनमा भालुको आक्रमणबाट एकको मृत्यु

चितवनमा भालुको आक्रमणबाट एकको मृत्यु
चितवन : चितवनमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. १ पाण्डव नगरमा चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीय ४५ वर्षिय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।उनलाई भालुले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले बताए । निकुञ्ज नजिकै बारीमा बिहान ९ः३० बजे शव फेला परेको प्रहरी निरीक्षक शर्मालेले जानकारी दिए ।

भारतमा ‘कालो ढुसी’का कारण ४,३०० जनाको मृत्यु

भारतमा ‘कालो ढुसी’का कारण ४,३०० जनाको मृत्यु
काठमाडौँ : कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने 'कालो ढुसी' बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन् । यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ ।सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन् । चिकित्सकहरूले ढु...

चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि

चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि
चितवन : जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो...

घाँस काट्दा लडेर मृत्यु

घाँस काट्दा लडेर मृत्यु
बागलुङ : काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

बागलुङमा विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बागलुङमा विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
गलकोट : विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए । मदिरा से...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन घाइते

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन घाइते
दमक : मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९०...

चितवनमा थप १६१ जनामा संक्रमण पुष्टि, १६१ जनाको मृत्यु

चितवनमा थप १६१ जनामा संक्रमण पुष्टि, १६१ जनाको मृत्यु
चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ हजार ४२० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना अपडेट : थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

कोरोना अपडेट : थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । का अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना स...