प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । एमाले नेता विष्णु रिजालका अनुसार ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय नयाँ नियुक्त गर्न लागेका हुन् ।

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाले भने, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन, भेटेर छलफल गर्ने हो, यसरी बोलाइएको बैठकमा सहभागी हुनुहुन्न ।’ सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखले पठाएको पत्र पार्टी कार्यालय पठाएका थिए ।

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान
काठमाडौँ, (रासस) : सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गर्नुभएको छ । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उहाँले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गर्नुभएको छ । यही जेठ २...

संवैधानिक इजलासमा न्यायाधीश भट्टराई हटाउन निवेदन परेपछि जंगिए प्रधानन्यायाधीश राणा

संवैधानिक इजलासमा न्यायाधीश भट्टराई हटाउन निवेदन परेपछि जंगिए प्रधानन्यायाधीश राणा
काठमाडौं : आइतबार गठन गरी संवैधानिक इजलासमा सुरु भएको प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दाको बहसको सुरुआतमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जंगिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका तीन जना वकिलहरूले इजलासमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराई हटाउनुपर्ने माग गर्दै इजलासमा निवेदन दिएपछि राणाले मानाहानीको मुद्दामा कारबाही गर्ने चेतावनी समेत दिएका छन्। रिट निवेदनकर्ता मध्येका ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग सम्बन्धी मुद्दामा भट्टराईलाई सुनुवाई समितिमा रहँदा ...

एमाले र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?

एमाले र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?
काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् । खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई...

सिपी मैनाली भन्छन, :”केपी ओली नागरिकताका ठूला व्यापारी हुन्, कम्युनिस्ट होइनन्”

सिपी मैनाली भन्छन, :”केपी ओली नागरिकताका ठूला व्यापारी हुन्, कम्युनिस्ट होइनन्”
काठमाडौं : सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश विवादित बनेको छ । विघटित प्रतिनिधिसभामा विचाराधीन विधेयक छलेर सरकारले अध्यादेश ल्याएपछि अहिले त्यसको सर्वत्र विरोध भइरहेको छ । आफ्नो पद जगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई हतियार बनाएपछि उनको सर्वत्र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले सत्ताका लागि प्रधानमन्त्री ओली जुन सुकै स्तरमा गिर्न तयार हुने टिप्पणी गरेका छन् । संसदमा विचाराधीन राष्ट्रिय सरोकारको मुद्दालाई जुन किसिमले कार्यपालिकीय कानुन...

“प्रधानमन्त्रीज्यू, आफ्ना उपप्रधानमन्त्रीलाई ‘लगाम’ लगाउनुहोस्” : नेता भट्टराई

“प्रधानमन्त्रीज्यू, आफ्ना उपप्रधानमन्त्रीलाई ‘लगाम’ लगाउनुहोस्” : नेता भट्टराई
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना उपप्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘लगाम’ लगाउन एमाले नेता योगेश भट्टराईले अनुरोध गरेका छन् । उपप्रधानमन्त्रीमा नियुक्त भएको केही बेरपछि आएको अभिव्यक्तिलाई लक्षित गर्दै नेता भट्टराईले भर्खरै नियुक्त उपप्रधानमन्त्रीले बहुराष्ट्रिय राज्यको बहसबारे दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्...

ठाकुर पक्षले टुङ्ग्यायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम (सूचीसहित)

ठाकुर पक्षले टुङ्ग्यायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम (सूचीसहित)
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । तर मन्त्रालयको विषयमा भने कुरा मिल्न बाँकी रहेको छ । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेको जसपाका...

माधव समूहको बैठकः ‘ओलीविरुद्ध संघर्ष गर्ने तर पार्टी फुटाउन हतार नगर्ने’

माधव समूहको बैठकः ‘ओलीविरुद्ध संघर्ष गर्ने तर पार्टी फुटाउन हतार नगर्ने’
काठमाडौं : नेकपा (एमाले) माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र्वाताका नाममा खेलाउन खोजेको निष्कर्ष निकालेको छ । आज बसेको नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठकले नेताहरुले वार्ताका नाममा अध्यक्ष ओलीले आफूहरुलाई ‘खेलाउन खोजेको’ निष्कर्ष निकालेका हुन् । भर्चुअल माध्यामबाट जारी रहेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको ‘ब्रिफिङ’गरेका हुन् । पार्टीलाई जेठ २ मै फर्काउन पहल ...

बजेटअघि नै विश्वासको मत लिने धानमन्त्री ओलीको तयारी

बजेटअघि नै  विश्वासको मत लिने धानमन्त्री ओलीको तयारी
काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत...