हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!

हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले हिजो भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । प्रहरीले घटनास्थलबाट गोलिको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले हिजो नै एकजनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेको ब्यक्तिबाट ...

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ
दाङ : एक थान चितुवाको छालासहित दाङको घोराही उपमहानगरपालिका –३ गोग्लीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम–पश्चिमको मुसिकोट नगरपालिका – १० का ४५ वर्षीय पूर्णसिंह सुनार रहेका छन् । सिमेन्टको बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको भन्ने सूचनाका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद ...

३० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका २ जना सीआईबीको फन्दामा

३० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका २ जना सीआईबीको फन्दामा
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । सीआइबीको टोलीले काठमाडौंको टोखाबाट ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । पक्राउ परेका दुवै जनालाई फ...

भाटभटेनीका म्यानेजर पक्राउ

भाटभटेनीका म्यानेजर पक्राउ
काठमाडौं : निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लाग...

अभिनेता पर्ल बलात्कार आरोपमा पक्राउ

अभिनेता पर्ल बलात्कार आरोपमा पक्राउ
एजेन्सी :  संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका भारतिय (बलिउड) अभिनेता पर्ल वी पुरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । अभिनेता पुरीलाई पीडित महिला र उनको परिवारले प्रहरीमा उजूरी गरेपछि पक्राउ परेका हुन् । भारतीय संचारमाध्यमका अनुसार अभिनेता पुरीलाई उजुरी गर्ने महिला र परिवारको बारेमा भने प्रहरीले बाहिर सार्वजनिक गरेको छैन। सन् २०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत आफ्नो करियर सुरु गरेका थिए पुरीको अघिल्लो वर्ष अक्टुबरमा मात्रै पिताको निधन भएको ...

सुर्खेत प्रहरीद्धारा ८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ

सुर्खेत प्रहरीद्धारा ८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ
कर्णाली, (रासस) : जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया (स...

मकवानपुर प्रहरीद्धारा १२ किलो लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मकवानपुर प्रहरीद्धारा १२ किलो लागुऔषध गाँजा सहित ३ जना पक्राउ
मकवानपुर : मकवानपुर प्रहरीले आज (शनिबार) राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १२ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा तिनै जना कैलाश गाउँपालिकाका रहेका छन् । कैलाश–७ बस्ने बर्ष ४७ का हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने बर्ष २४ का राम बहादुर मोक्तान र सोही ठाउँका अर्का २४ वर्षका ठाकुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झो...

भरतपुरमा डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ

भरतपुरमा डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ
चितवन : भरतपुरमा डिक्स बक्स चोरी गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं.१६ नबिनचोक र गा.बि.स.चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्राइभेट लिमिटेडको ४ थान डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ प्रहरीले परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका वडा नम्बर २ घर भई हाल भरतपुर महानगरपालिका ७ बुद्ध चोक डेरामा बस्ने २० बर्षिय कासी चौधरी र सोही ठाँउका २२ बर्षिय श्रीकृण्ण महतो रहेका छन् । प्रहरीले ...

नलकटुवा पेस्तोलसहित एक पक्राउ

नलकटुवा पेस्तोलसहित एक पक्राउ
सर्लाही : जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्य...

चितुवाको छालासहित एक युवक पक्राउ

चितुवाको छालासहित एक युवक पक्राउ
कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । “छिन्चु–जा...