सडकमा किन उत्रीए तीन पूर्व प्रधानमन्त्री ओलीविरुद्ध ?

सडकमा किन उत्रीए तीन पूर्व प्रधानमन्त्री ओलीविरुद्ध ?
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ । आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा शिर्ष नेताहरु भेला भएका छन् । उनीहरु केही बेर धर्नामा बसे । धर्नामा नेकपा प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समेत सहभागी छन् । उनीहरु तीनैजना पूर्व प्रधानमन्त्री हुन् । नेकपाको फुटसँगै उत्पन्न परिस्थितिले बहालवाला प्रधानमन्त्री ओलीले तीनजना पूर्व प्रधानमन्त्रीहरुलाई सडक संघर्षमा आउन वाध्य पारिदिएका ...

नेपाली आकाशमा भारतीय गस्ती

नेपाली आकाशमा भारतीय गस्ती
काठमाडाैँ : चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो । लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्...

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० ...

चीनकाे चेतावनी : भारतीय सेनाले १९६२ मा भन्दा ठुलाे क्षति व्यहाेर्नु पर्ने

चीनकाे चेतावनी : भारतीय सेनाले १९६२ मा भन्दा ठुलाे क्षति व्यहाेर्नु पर्ने
काठमाडौं। भारत र चीनबीच लद्दाखकाे पेगोंग तालमा भएको झडपले दुवै देशले सीमा क्षेत्रमा ठुलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरेका छन्। साेही क्रममा चीनले भारतलाई आफूसँग प्रतिस्पर्धामा नउत्रिन चेतावनी समेत दिएको छ । चीनले आफूसँग प्रतिस्पर्धामा उत्रिए चीनको जनमुक्ति सेना भारतलाई अतीतमा भन्दै धेरै क्षति पुर्याउन सक्षम रहेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले समाचार लेखेकाे छन्। उक्त टाइम्सले भारतीय सेनाले नै पहिले विध्वंशक कदम उठाएको र भारतले नै पहिले संघर्ष सुरु गरेको भन्दै आफ्...

चीनमा २ तले भवन भत्किंदा २९ जनाको मृत्यु

चीनमा २ तले भवन भत्किंदा २९ जनाको मृत्यु
काठमाडौं : चीनको लिन्फेन शहरमा २ तले भवन भत्किदा २९ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । चीनको सरकारी सञ्चार माध्यमका अनुसार जन्मदिनको उत्सव मनाइरहेका मानिसहरु हताहतिमा परेका हुन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले उद्दार कार्य सकिएको तर भवन भत्किनुको कारण भने अझै पत्ता नलागेको जनाएको छ । सरकारले दूर्घटनाको छानविन गर्ने बताएको छ । शाङ्जी प्रान्तमा पर्ने लिन्फेन शहर बेइजिङ्गबाट ६ सय ३० किलो मिटर दक्षिण पश्चिममा पर्दछ ।-