देवघाटबाट हजारौं भक्तका साथ अगाडि बढ्यो सीता-राम रथयात्रा

देवघाटबाट हजारौं भक्तका साथ अगाडि बढ्यो सीता-राम रथयात्रा
भरतपुर : राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा सहितको सीताराम यात्रा आज बिहान चितवनको देवघाटबाट माडीतर्फ प्रस्थान गरेको छ । सो रथयात्रा काठमाडौंबाट मंगलबार चितवन प्रस्थान गरेको थियो । मंगलबार राति रथयात्रालाई देवघाटमा राखिएको थियो । आज बिहान देवघाटमा प्रतिमाहरुलाई गण्डकी स्नान गराउने कार्यक्रम रहे पनि प्रतिमा अत्यन्तै ठूला भएकाले त्यसो गर्न सम्भव नभएको आयोजकहरुले जानकारी दिएका छन् । प्रतिमाहरुलाई एकसय आठ कलश र घडामा गण्डकीबाट ल्याइएका जलबाट देवघाटमा स्थान गराएर रथयात्रा अ...

चराचुरूङ्गीलाई गरियो पिजडामुक्त

चराचुरूङ्गीलाई गरियो पिजडामुक्त
मेघौली : चितवनमा २६ औँ वन्यजन्तु सप्ताह २०७८ को अवसरपारेर पश्चिम चितवनको मेघौलीमा वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरीएको छ । हरेक वर्ष संरक्षणमूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको यो दिवसको अवसरमा चितवन नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिले सो अभियानको रुपमा थालेको हो । चराचुरूङ्गीले गुड लगाउने मौसम शुरू भएको वताउदै नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिका अध्यक्ष मनेष लिम्बूले तिनको बासस्थान संरक्षण गर्दै मेघौलीलाइ वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त क्षेत्र व...

अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

अयोध्याधाममा मूर्ति स्थापनाको तयारी
भरतपुर : चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र चैत ८ गते कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो । मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा ...

सवारी दुर्घटनामा परी ११६ को मृत्यु, ६१२ घाइते

सवारी दुर्घटनामा परी ११६ को मृत्यु, ६१२ घाइते
चितवन : गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा ...

सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त

सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलको निधनप्रति दु:ख व्यक्त गरेका हुन् । चितवन निवासी पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ हुन् । सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु । स्वर्गीय पौडेलको आत्माको चिर श...

नगरपालिका र लुमन्तीको सहयोगले नौलो बन्दै चितवनको माझी–मुसहर बस्ती

नगरपालिका र लुमन्तीको सहयोगले नौलो बन्दै चितवनको माझी–मुसहर बस्ती
चितवन : चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीमा रहेको माझी मुसहर बस्तीमा खुसीयाली छाएको छ । सस्तो व्याजदरमा ऋण पाएपछि पक्की घर बनाएका उनीहरूले आफ्नो बस्तीलाई नितान्त नौलो बनाएका छन् । माझी मुसहर टोलकी बासमती माझी कयौं दिन चैत वैशाखको हावाहुरी र असार साउनको झरीले राम्रोसँग निदाउन पाउनुभएन । २०६० सालको बाढीका कारण खोला किनारमा बस्न बाध्य उहाँहरू, अमेरिकाबाट आउनुभएका एक जना नागरिकले ३ कठ्ठा जग्गा किनेर थप व्यस्थित गरिदिए । त्यसपछि यो टोलमा सुरु भएको बसोवास पूर्ण व्यस्थित हुन सक...

८ जिल्लामा कार्यरत १६ जना डाक्टरलाई चितवनमा ‘एनआईसीयू लेभल-२ तालिम’

८ जिल्लामा कार्यरत १६ जना डाक्टरलाई चितवनमा ‘एनआईसीयू लेभल-२ तालिम’
चितवन : नवजात शिशु मृत्युदर घटाउन प्रदेश नंम्बर २ का मेडिकल अधिकृत तहका चिकित्सकलाई ६ दिने ‘एनआईसीयू लेभल–२ तालिम’ सञ्चालन गरिएको छ । प्रदेश नंम्बर २ का ८ जिल्लामा कार्यरत १६ जना डाक्टरलाई सो तालिम सञ्चालन गरिएको हो । मध्य नेपालमा अवस्थित भरतपुर केन्द्रीय अस्पताल चितवनमा बुधवारदेखि सुरू भएको सो तालिम आगामी सोमवारसम्म छ दिन सञ्चालन हुने अस्पतालका प्रवक्ता एवम् सो कार्यक्रमका संयोजक वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए । प्रदेश नंम्बर २ मा शिशु मृत्युदर उ...

चितवनमा पछिल्लो तीन दिनमा १२ जना संक्रमित थपिए, एक जनाको मृत्यु

भरतपुर : चितवनमा पछिल्लो तीन दिनमा कोरोनाका १२ जना संक्रमित थपिएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ । चितवनमा हाल ५२ जना सक्रिय संक्रमित छन् । चैत २४ गतेसम्म सक्रिय संक्रमितको संख्या ४० थियो । हाल सक्रिय संक्रमित मध्ये ४४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् । पछिल्लो तीन दिनमा थप एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । हालसम्म मृतक संक्रमितको संख्या १११ पुगेको छ । चितवनम...

स्वास्थ्य केन्द्र बन्यो केन्द्रीय अस्पताल, आज ५८ औँ वार्षिकोत्सव

स्वास्थ्य केन्द्र बन्यो केन्द्रीय अस्पताल, आज ५८ औँ वार्षिकोत्सव
चितवन : स्वास्थ्य केन्द्रबाट शुरू भएको चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो ५८ औँ वार्षिकोत्सव आज मनाउँदै छ । कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर यस वर्षको वार्षिकोत्सव मनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजन गरिएको थियो । वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम चैत १७ गतेदेखि २३ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा अस्पतालको नर्सिङ ...

नेकपा एमाले चितवनको अध्यक्षमा तेजेन्द्र खड्का

नेकपा एमाले चितवनको अध्यक्षमा तेजेन्द्र खड्का
चितवन : नेकपा एमाले माधव नेपाल समुहले चितवन जिल्लाको पार्टि अध्यक्षको जिम्मेवारी तेजेन्द्र खड्कालाई दिएको छ । यो समुहको बिश्वासिला मानिएका नेता तथा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल केपी ओली समुहमा गएपछि नेपाल समुहले खड्कालाई पार्टिको जिल्ला अध्यक्ष बनाएको हो । पोखरेल अध्यक्ष रहँदा खड्का पार्टिको जिल्ला सचिव थिए । केपी ओलीको प्रतिगमनका बिरुद्ध कडा रुपमा प्रस्तुत भएका पोखरेल सर्बोच्चले नेकपा एमाले र माओवादी ब्युताँएपछि भने ओली समुहकै एमालेमा गएका हुन । देशैभर एमालेको समानान्तर ...