माडीमा ट्रक दुर्घटना

माडीमा ट्रक दुर्घटना
चितवन : माडीको मगोई खोलामा ट्रक पल्टिएको छ । भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर आउँदै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दिउँसो करीब १:०५ बजे मगोई खोलामा पल्टिएको हो । खोलामा सामान्य बाढी आएको अवस्थामा तर्न खोज्दा भाँसिएर ट्रक पल्टिएको हो । दुर्घटनामा कोहि घाइते नभएपनि ट्रकमा क्षती पुगेको छ । घटनाको थप विवरण आउन बाँकी ।

चितवनका विभिन्न अस्पतालमा आठ सङ्क्रमितको मृत्यु

चितवनका विभिन्न अस्पतालमा आठ सङ्क्रमितको मृत्यु
चितवन : जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपच...

चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने ४१९ सवारी साधन र ३६ पसल सञ्चालकलाई कारबाही

चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने ४१९ सवारी साधन र ३६ पसल सञ्चालकलाई कारबाही
चितवन : चितवनमा निषेधाज्ञाको बार्हौ दिन आज (मंगलबार) निषेधाज्ञाको उल्लंघन गर्ने ४१९ वटा सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उनिहरुलाई कारबाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रहरी प्रवक्त, डिएसपी सरोज गिरीका अनुसार कारबाहीमा परेका मध्ये ४०१ वटा दुई पाङ्ग्रे तथा १८ वटा अन्य सवारी गरि ४१९ सवारी साधन रहेका छन् । निषेधाज्ञाको उल्लंघन गर्ने ४१९ वटा सवारी साधनबाट १ लाख ५५ हजार २०० रुपैयाँ जरिवाना असुल गरिएको छ । त्यस्तै चितवनमा नि...

चितवनमा नाघे दस हजार संक्रमित, ७१४५ जना डिस्चार्ज

चितवनमा नाघे दस हजार संक्रमित, ७१४५ जना डिस्चार्ज
चितवन : चितवनमा मंगलबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार योसहित चितवनमा सक्रिय संक्रमितको संख्या २९०९ पुगेको छ । जसमध्ये २०० जना जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन् । चितवनमा कोरोना संक्रमितको कुल संख्या १० हजार नाघेको छ । हालसम्म दस हजार १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । संक्रमितमध्ये ७१४५ जना डिस्चार्ज भएका छन् । चितवनमा हालसम्म १४५ जनाको मृत्यु भएको छ । चितवनमा यतिब...

राप्तीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

राप्तीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
चितवन : चितवनको राप्ती नगरपालिकामा कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण राप्ती नगरपालिका वडा नम्वर १,६र ७ का तीन जनाको मृत्यु भएको हो । राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार राप्ती १ की ३३ वर्षिया महिला,राप्ती ६ की ५२ वर्षिया महिला र राप्ती ७ का ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । हाल सम्म राप्ती नगरपालिकामा कोरोना भाईरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । नगरपालिकामा मंगलवार विहान सम्म ७६ जनामा कोरोना ...

चितवनका ९० सहित एकैदिन थप १३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन : भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ९० सहित थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४१ पुरुष ३७ महिला गरि ७८ जना रहेका प्रयोगशाला प्रमुख मणि राग महतोले जानकारी दिए । उनका अनुसार रत्ननगरका ३ महिला ४ पुरुष ,खैरहनिका १ पुरुष ,कालिकाका १ महिला , माडिका १ , राप्तीका १ महिला र पुरुष र इच्छाकामनाका १ पुरुष समेत गरि चितवनका मात्रै ९० जना रहेका छन । त्यस्तै गैंडाकोटका १० महिला ९ पुरुष ग...

चितवन प्रहरीद्धारा ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा

चितवन प्रहरीद्धारा ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा
चितवन : चितवन प्रहरीद्धारा विभिन्न ठाउँबाट ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता डिएसपी सरोज गिरीका अनुसार चितवन जिल्ला भित्रबाट ११३ र जिल्ला बाहिरबाट २५७ थान गरि ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको हो । उनकाअनुसार जिल्ला भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरि जम्मा ९६ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए । त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रह...

चितवनसहित ६० जिल्लामा निषेधाज्ञा

चितवनसहित ६० जिल्लामा निषेधाज्ञा
काठमाडौं : कोरोना संक्रमणको महामारी रोक्न देशका ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी भएको हो । केही जिल्लामा पूरै र केही जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण देशैभर फैलिएकाले केही जिल्लाका स्थानीय प्रशासनले आज निषेधाज्ञा जारी गर्न लागेको बताइएको छ । कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ ...

चितवनका ७१ सहित थप ८८ जनामा कोरोना पुष्टि

चितवन : भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला ५ पुरुष ,खैरहनिका २ पुरुष १ महिला र कालिकाका ३ पुरुष गरि चितवनका ७१ जना रहेका छन। गैंडाकोटका १ महिला ४ पुरुष , कावासोती १ महिला ३ पुरुष भने बाकी ८ जना गोरखा ,तनहुँ , पर्बत , पर्साका रह्का छन। संक्रमितहरु २ देखि...

चितवनका १०१ सहित थप १३० जनामा कोरोना पुष्टी

चितवनका १०१ सहित थप १३० जनामा कोरोना पुष्टी
चितवन  :  चितवनका १०१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका १०१ जना सहित अन्य जिल्लाका थप १३० जनामा कोरोना पुष्टी भएको हो ।