चितवनसहित ६० जिल्लामा निषेधाज्ञा

चितवनसहित ६० जिल्लामा निषेधाज्ञा
काठमाडौं : कोरोना संक्रमणको महामारी रोक्न देशका ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी भएको हो । केही जिल्लामा पूरै र केही जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण देशैभर फैलिएकाले केही जिल्लाका स्थानीय प्रशासनले आज निषेधाज्ञा जारी गर्न लागेको बताइएको छ । कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ ...

चितवनका ७१ सहित थप ८८ जनामा कोरोना पुष्टि

चितवनका ७१ सहित थप ८८ जनामा कोरोना पुष्टि
चितवन : भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला ५ पुरुष ,खैरहनिका २ पुरुष १ महिला र कालिकाका ३ पुरुष गरि चितवनका ७१ जना रहेका छन। गैंडाकोटका १ महिला ४ पुरुष , कावासोती १ महिला ३ पुरुष भने बाकी ८ जना गोरखा ,तनहुँ , पर्बत , पर्साका रह्का छन। संक्रमितहरु २ देखि...

चितवनका १०१ सहित थप १३० जनामा कोरोना पुष्टी

चितवनका १०१ सहित थप १३० जनामा कोरोना पुष्टी
चितवन  :  चितवनका १०१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका १०१ जना सहित अन्य जिल्लाका थप १३० जनामा कोरोना पुष्टी भएको हो ।

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु
चितवन :  कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो । यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पु...

चितवनका चार अस्पतालमा ७६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

चितवनका चार अस्पतालमा ७६ स्वास्थ्यकर्मी कोरोना संक्रमित
चितवन : चितवनमा कोरोना संक्रमितको दर बढ्दै जाँदा ‘फ्रन्टलाइन’मा काम गर्ने स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिँदै गएको छ। स्वास्थ्य कार्यालयसँग कति जना स्वास्थ्यकर्मी संक्रमित भए भनेर एकीन तथ्यांक नभए पनि जिल्लाका ठूला अस्पतालमा संक्रमित हुने डाक्टर र स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालयसँग तथ्यांक नभए पनि जिल्लाका सरकारी अस्पतालसहित मेडिकल कलेजहरूसँग तथ्यांक लिँदा ७६ जना स्वास्थ्यकर्मी संक्रमणबाट प्रभावित भएका छन्। भरतपुर अस्पतालमा दुई जना डाक्टरसहित २२ जन...

चितवनमा कोरोना संक्रमितको संख्या ८,४४५ पुग्यो, १२१ जनाको मृत्‍यु

चितवनमा कोरोना संक्रमितको संख्या ८,४४५ पुग्यो, १२१ जनाको मृत्‍यु
चितवन  : चितवनमा कोरोना भाइरस संसंक्रमितको संख्या ८ हजार ४ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार आज (सोमबार) दिउँसोसम्म जिल्लाभर कुल संक्रमितको संख्या ८ हजार ४ सय ४५ पुगेको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर कुल संक्रमित मध्ये ६ हजार ९ सय २० जना निको भइसकेका छन् । त्यस्तै जिल्लाभर हालसम्म १२१ जनाको मृत्‍यु भएको छ । त्यस्तै जिल्लाभर सक्रिय संक्रमित संख्या १ हजार ४ सय ४ पुगेको छ । जसमा भरतपुर महानगरपालिकामा मात्रै १,१६३ जना छन् । रत्ननगर नगरपालिकाम...

चितवनमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि
चितवन : चितवनमा एकैदिन थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा १७९ जनाको स्वाब परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा चितवनका मात्रै ८० जना छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १२ देखि ६९ वर्ष उमेर समूहका ३५ जना पुरुष रहेका छन् । यस्तै १६ देखि ६५ वर्ष उमेर समूहका ३२ जना महिला छन् । यस्तै रत्ननगर नगरपालिका ३ पुरुष र २ महिला, खैरहनीका १ पुरुष, का...

चितवनको निषेधाज्ञामा कडाइ, सिडिओ नै सडकमा खटिए

चितवनको निषेधाज्ञामा कडाइ, सिडिओ नै सडकमा खटिए
चितवन : चितवनमा जारी निषेधाज्ञाको अवलोकनमा प्रमुख जिल्ला अधिकारी आफै खटिएका छन् । केही प्रहरी सहित प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफै खटिएका हुन् । सो क्रममा निषेधाज्ञाको बर्खिलाप हुने गरि खोलिएका पसल व्यवसाय बन्द गराइएको छ । पट्कै पिच्छे नियम उल्लङ्घन गर्नेहरुलाई कार्बाही पनि गर्ने गरिएको छ । जिल्लामा गत बैशाख १६ गते रातीदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर आम सर्वसाधारणका लागि दैनिक उपभोग्य सामग्री किन्न प्रत्येक दिन बिहान ६ देखि ९ ब...

चितवनमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

चितवनमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ
चितवन : चितवनमा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका ५ घर भइ हाल राप्ती नगरपालिका ५ बस्ने ३५ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बैशाख १६ गते बिहीबार आफ्नै झट्केलो छोरी पर्ने १२ वर्षीया बालिकालाई बलात्कारको आरोपमा उनलाई पक्राउ गरिएको हो । पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय खैरहनीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी सोधपुछ गर्दा आफुले जब...

त्रिशुलीमा बेपत्ताको शव फेला

त्रिशुलीमा बेपत्ताको शव फेला
चितवन : नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भन्ने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर...