ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
साओ पाउलो : ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स...