गण्डकी प्रदेशका डीआईजीसहित थप ६७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशका डीआईजीसहित थप ६७ जनामा कोरोना पुष्टि
पाेखरा :गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो । आज थपिएका संक्रमितमा कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् ।

कोरोना सङ्क्रमण बढेपछि पोखराका विभिन्न वडाका टोलहरू सील

कोरोना सङ्क्रमण बढेपछि पोखराका विभिन्न वडाका टोलहरू सील
पोखरा : पोखरामा केही दिन देखि कोरोना सङ्क्रमण बढेपछि पोखराका विभिन्न वडाका टोलहरू सील गरिने भएको छ । पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना सक्रमण हुनेको सँख्या केही दिन यताबाट ह्वात्तै वढेको भन्दै सम्वन्धित वडाका अध्यक्षहरुले सिल गर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी दिएका हुन । कोरोना सक्रमण सुमदायस्तरमा देखिएको बताउँदै नियन्त्रण भन्दा वाहिर नजाओस भन्नका लागि सिल गर्ने निर्णय भएको वडा नं १३ का अध्यक्ष लेख वहादुर तामाङले बताउनु भयो । वडा नं १०, १२ र १३...

कर्मचारीलाई कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’

कर्मचारीलाई कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’
चितवन : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उनले जानकारी दिए । केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालन...

पोखरामा हस्पिटलमा कार्यरत नर्स र प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि

पोखरामा हस्पिटलमा कार्यरत नर्स र प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि
पोखरा : पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र १७ प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका १७ जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनाल...

कोभिड–१९ नियन्त्रणमा सरकार एक्लिदै गयो : प्रधानमन्त्री ओली

कोभिड–१९ नियन्त्रणमा सरकार एक्लिदै गयो : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले समाजमा ‘प्रतिपक्ष मनोविज्ञान’ हाबी हुँदै गएकाले सरकारले हरसम्भव प्रयास गर्दा पनि कोभिड–१९ को संक्रमण समुदायमा फैलिँदै गएको बताउनुभएको छ । सरकारीनिवास बालुवाटारमा सोमबार विज्ञ, सरोकारवाला तथा मन्त्रीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीले सरकारले स्रोतसाधनले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने, परीक्षण बढाउने, उपचारको व्यवस्था मिलाउनेलगायतका काम गर्दै आए पनि ती सबै कामलाई चुनौती दिने प्रवृत्ति र मनोविज्ञान समा...

कारागार भित्र पनि फैलियो कोरोना संक्रमण

कारागार भित्र पनि फैलियो कोरोना संक्रमण
काठमाडौँ : विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना सङ्क्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिनु...

फेवा सिटीमा उपचाररत एकसहित पोखरामा ४ जनामा कोरोना पुष्टि

फेवा सिटीमा उपचाररत एकसहित पोखरामा ४ जनामा कोरोना पुष्टि
पाेखरा : गण्डकी प्रदेशमा सोमबार बिहान  थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको कास्की, तनहुँ , गोरखा र लमजुङका  २ महिला तथा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयले पोखराको फेवा सिटी हस्पिटलमा उपचाररत लमजुङको बेसीसहरकी  ७१ वर्षीया महिला सहित पोखरा ६ का ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिएको छ  । त्यसैगरी तनहुँको भानु ५ का ४४ ...