होम आइसोलेशनमा रहेका संक्रमितले दसैँमा ध्यान पुर्याउनै पर्ने कुराहरु

होम आइसोलेशनमा रहेका संक्रमितले दसैँमा ध्यान पुर्याउनै पर्ने कुराहरु
बिहीबारसम्म नेपालमा ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३१ हजार ५ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन्। दसैँमा नेपाली परिवारमा माछामासु, चिल्लो पिरोको खानपान बढी हुन्छ। तर, खानपिनमा ध्यान नपुर्‍याए सामान्य लक्षण भएर घरमै बसेका संक्रमितमा पनि गम्भीर समस्या आउनसक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्। ‘खानाको तारतम्य मिलेन भने एसिडिटी हुने, बान्ता हुने, पखाला हुनेसमस्या आउन सक्छन्। संक्रमितलाई यी समस्या थपिँदा अवस्था गम्भीर बन्नसक्छ,’ जनस्वास्थ्य विज्ञ डा. रव...

दाङमा कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

दाङमा कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु
दाङ । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी हुनुहुन्छ । उहाँलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो ।

जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)

जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताउनुभएको छ । बडादशैँका अवसरमा आज देशवासीका नाममा दिनुभएको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्योपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट गर्नुभयो । कोरोना म...

प्रधानमन्त्री भन्छन् :सक्दिनँ भनेर स्वघोषणा गरेका सबैको उपचार सरकारले गरिदिन्छ

प्रधानमन्त्री भन्छन् :सक्दिनँ भनेर स्वघोषणा गरेका सबैको उपचार सरकारले गरिदिन्छ
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले उपचार गरिदिने बताएका छन्। शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओ‌लीले कोरोनाबारे विभिन्न अफवाहहरू फैलिए पनि ती सत्य नभएको बताए। ‘महामारीमा नागरिकको रक्षा गर्नु सरकारको नि:सर्त दायित्व हो। तपाईंहरू मतबाट निर्वाचित सरकार त्यो दायित्वबाट विमुख हुन सक्दैन/भएको छैन,’ प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरू निश्चिन्त हुनुस् कोरोना संक्रमितको परीक्षण र उपच...

देशभर २४ घण्टामा ४४९९ कोरोना संक्रमित थपिए

देशभर २४ घण्टामा ४४९९ कोरोना संक्रमित थपिए
काठमाडाैं :देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ४९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ४९९ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ । ...

चितवनमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
चितवन : चितवनमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्य २३ जना जिल्ला भित्रका हुन् भने एक जना जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर ४, ६, ७, १० र २७ का ६ पुरुष र ४ महिलामा कोरोना देखिएको छ । यस्तै कालिका नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का ५ जना, राप्ती नगरपालिका १, ६ र ८ का ३ , खैरहनी ६, ७, ८ र १३ का ४, रत्ननगरका एक र नवलपुरको देवचुलीका एक जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि
कास्की। गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना ...

मुख्यमन्त्री पौडेल संक्रमण भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं

मुख्यमन्त्री पौडेल संक्रमण भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं
हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं गएका छन् । बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं गएको मुख्यमन्त्रीको...

चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा

चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मी  संक्रमणको उच्च जोखिममा
चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको १५ दशमलव ८५ प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेपछि उपचार गराउन गएकाहरुमा पनि संक्रमण वढेको पाइएको छ । अस्पतालको सम्पर्कमा आएका कारण हालसम्म पांच प्रतिशतमा संक्रमण देखिएको छ । चितवनमा ४ सय ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित छन् । चिकित्सक...

देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त

देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त
काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर बिहीबार ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । पछिल...