सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह
चितवन : चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल लुटपाट तथा निजकी श्रीमती अमितामाथि हातपात गरी गम्भीर घाइते बनाएको घटनाको खेद प्रकट गरिएको छ । प्रवक्ता विकास वर्माले विज्ञप्ति जारी गरी लहानमा भएको घट्नालगत्तै सुरक्षा संयन्त्रलाई चुनौती दिँदै लहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश शारडाको पसलमा श्रृंखलाबद्ध हत्या, लुटपाट तथा निजी कारसमेत लुटी अभियुक्तहरु फरार भएको घट्नाले नेपाल सुनचाँदी व्यव...

विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने

विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने
शिव शर्मा, चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला यस बर्ष नहुने भएको छ । कोरोनाको संक्रकणको जोखिम रहेकाले यस बर्ष विक्रम बाबा मेला नहुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चैते दशैंका अवसरमा लाग्ने मेला कोरोनाको जोखिमका कारण २ बर्ष देखि निरन्तर मेला स्थगित गर्नु परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । “विक्रम बाबा मेलामा भक्तजनका निकै भिड लाग्छ, यसले थप कोरोनाको जोखिम बढाउने हुदाँ २ बर्ष देखि मेला बन्द गरिएको हो ।” अ...

नारायणगढ–मुग्लिन सडकमा पुल चौडा गरिने

नारायणगढ–मुग्लिन सडकमा पुल चौडा गरिने
मुग्लिन : पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ । झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि व...

एकिकृत प्रगतिशील प्राध्यापक तथा कर्मचारी संगठनको नयाँ वर्षको शुभकामना आदानप्रदान

एकिकृत प्रगतिशील प्राध्यापक तथा कर्मचारी संगठनको नयाँ वर्षको शुभकामना आदानप्रदान
चितवन : एकीकृत प्रगतीशील प्राध्यापक तथा कर्मचारी संगठन वीरेन्द्र बहुमुखी क्याम्पसले नयाँ बर्ष२०७८को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत एकीकृत प्रगतिशील प्राध्यापक तथा कर्माचारी संगठनमा आवद्ध प्रध्यापक कर्मचारी विच (आज) भरतपुरमा शुभकामना आदान प्रदान तथा सेवा निवृत प्राध्यापक एवम् कर्मचारी सम्मान कार्यक्रम गरिएको हो । सह प्राध्यापक राजाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. भीमराज अधिकारी प्रमुख अतिथि रहुनभएको थियो । क...

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमुना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले ...

अन्नपुर्ण पशु आहार उद्योग संचालनमा  

अन्नपुर्ण पशु आहार उद्योग संचालनमा  
चितवन  : भरतपुर ६ मा अन्नपुर्ण पशु आहार उद्योग संचालनमा आएको छ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाको व्यवस्थापनमा पशु आहार उद्योग संचालनमा आएको हो । उद्यागको सोमवार एक कार्यक्रमका विच वागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले औपचारिक उद्घाटन गनुभयो । उद्घाटन गदै मन्त्री लामाले १ बर्षको अन्तरालमा सवै प्रक्रिया पुर्याएर उद्योग निमार्ण र संचालन हुनु सकरात्मक रहेको बताउनुभयो । उहाँले पशु आहार उद्योगबाट उत्पादित आहारले पछिल्लो समय द...

लायन्स क्लब्स इन्टरनेसनलको डिष्ट्रिक्ट गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित

लायन्स क्लब्स इन्टरनेसनलको डिष्ट्रिक्ट गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित
हेटौंडा : लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको नवौं अधिबेशनबाट डिष्ट्रिक्ट गभर्नरमा राम प्रसाद भट्ट निर्वाचित भएका छन् । आइतबार हेटौंडामा भएको लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको नवौं अधिबेशनले आइ डि इन्डोर्सीमा रमेश कुमार अग्रवाललाई चयन गरेको छ । त्यस्तै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन सि बि चन्द र द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका छन् भने क्याबिनेट सेक्रेटरीमा लायन प्रभाकर पण्डित, क्याबिनेट ट्रेजर...

सौराहामा गैँडा वृद्धि भएको खुसियालीमा दीप प्रज्वलन

सौराहामा  गैँडा वृद्धि भएको खुसियालीमा दीप प्रज्वलन
चितवन : चितवन निकुञ्जसहित देशभरका निकुञ्जहरुमा गैँडा बढेको खुसियालीमा पर्यटकीय नगरी सौराहामा दीप प्रज्वलन गरिएको छ । स्थानीय सरकार, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले गैँडा वृद्धिको खुसी साटासाट गर्दै आइतवार साँझ सौराहाको गैँडाचोक र हात्तीचोकमा दीप प्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिंगैको संख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन उर्जा प्रदान गरेको व्यवसायी तथा संरक्षण...

चितवनमा उद्योग संघका अध्यक्ष राजुको दादागिरी, खुल्ले आम बिक्रि वितरण गर्छन् अवैध औधषी

चितवनमा उद्योग संघका अध्यक्ष राजुको दादागिरी, खुल्ले आम बिक्रि वितरण गर्छन् अवैध औधषी
काठमाडौं : नेपालको एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा पशुपन्छीको औषधि उत्पादन र बिक्री–वितरण गरिरहेको खुलासा भएको छ । औषधि उत्पादन र बिक्री–वितरणको अनुमति दिने नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी औषधिको उत्पादन गरी बिक्री–वितरण गरेको पाइएको हो । यो गैरकानुनी काममा चितवनको भरतपुरमा रहेको लाइभकेयर फर्मास्युटिकल्स प्रालि संलग्न रहेको भेटिएको छ । ‘टाइमोलिभ ८०’ नामक औषधि विभागको दर्ता रेकर्डमा नभए पनि लाइभकेयरले स्थापनाकालदेखि नै यसको उत्पादन र बिक्री–वितरण गर...

होटल संघको क्यालेण्डर विमोचन र शुभकामना आदानप्रदान

होटल संघको क्यालेण्डर विमोचन र शुभकामना आदानप्रदान
भरतपुर : होटल व्यवसायी संघ–चितवनको आयोजनामा शनिबार क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघले प्रकाशन गरेको वि.सं. २०७८ को क्यालेण्डर आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । भरतपुर स्थित होटल जमघटमा भएको कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिडका कारण पर्यटन क्षेत्र सवैभन्दा वढि प्रभावित भएको वताउँदै राज्यले राहतका प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो । राज्यले होटल व्...