कृषि समुहद्धारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

कृषि समुहद्धारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन
चितवन : रत्ननगर व्यवसायिक बाख्रा पालन कृषि समुहको लगानीमा रत्ननगरमा मासु पसल सञ्चालनमा आएको छ । सौराहाचोकबाट सौराहा जाने वाटो तर्फ करिब २०० मिटर भित्र सौराहा जाने वाटोमा व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको सो मासु पसलको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बुधबार उद्घघाटन गर्नुभयो । उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका वनले सवै कृषकहरु एकीकृत भएर अगाडी बढ्नु पर्ने वताउनु भएको थियो । उहाँले कृषकहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको वताए । साथै मासु पसल सञ्चालक...

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह
चितवन : चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल लुटपाट तथा निजकी श्रीमती अमितामाथि हातपात गरी गम्भीर घाइते बनाएको घटनाको खेद प्रकट गरिएको छ । प्रवक्ता विकास वर्माले विज्ञप्ति जारी गरी लहानमा भएको घट्नालगत्तै सुरक्षा संयन्त्रलाई चुनौती दिँदै लहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश शारडाको पसलमा श्रृंखलाबद्ध हत्या, लुटपाट तथा निजी कारसमेत लुटी अभियुक्तहरु फरार भएको घट्नाले नेपाल सुनचाँदी व्यव...

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु
काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको बताइएको छ। मुस्लिम समुदायले यो पर्वमा एक महिनाभर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डरअनुसार बिहान सवा ४ बजेदेखि बेलुकी ६ बजे २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्नेले बिहान तोकिएको समय अगावै र बेलुकी तोकिएक...

भारतमा एकै दिन १ लाख ८५ हजार बढीलाई कोरोना संक्रमण

भारतमा एकै दिन १ लाख ८५ हजार बढीलाई कोरोना संक्रमण
काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ८५ हजार २४८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि गत आइतबार चैत्र ३० मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ६९ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना संक...

अमेरिकी सेनाले सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाडिसक्ने

अमेरिकी सेनाले सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाडिसक्ने
काठमाडौँ : अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाड्ने भएका छन् । रास्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने घोषणा गरेका हुन् । पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यो समयसीमामा सैनिक फिर्ता कठिन भएको राष्ट्रपति बाइडेनले बताए । आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ। अमेरिकामा आतंकबा...

‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ)

‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ)
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गरेर उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षे...

विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने

विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने
शिव शर्मा, चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला यस बर्ष नहुने भएको छ । कोरोनाको संक्रकणको जोखिम रहेकाले यस बर्ष विक्रम बाबा मेला नहुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चैते दशैंका अवसरमा लाग्ने मेला कोरोनाको जोखिमका कारण २ बर्ष देखि निरन्तर मेला स्थगित गर्नु परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । “विक्रम बाबा मेलामा भक्तजनका निकै भिड लाग्छ, यसले थप कोरोनाको जोखिम बढाउने हुदाँ २ बर्ष देखि मेला बन्द गरिएको हो ।” अ...

आईपीएल: मुम्बईको संघर्षपूर्ण जित

आईपीएल: मुम्बईको संघर्षपूर्ण जित
एजेन्सी :आईपीएल क्रिकेट अन्तर्गत मंगलबारराति भएको खेलमा मुम्बई इण्डियन्सले संघर्षपूर्ण जित हात पारेको छ । मुम्बईले कोलकत्तालाई १० रनले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । यसअघि बेंग्लोरसँग हारेको मुम्बईको यो पहिलो जित हो । मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए । कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्य...

पीएजसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पीएजसी च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ :  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग भएको खेलमा पीएसजी १-० ले पराजित भए पनि अन्तिम चारमा पुगेको हो । पिहलो लेगकोसमेत गोलका आधारमा समग्रमा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो । पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोट...

देशका पहाडी भू-भागहरूमा आंशिक बदली 

देशका पहाडी भू-भागहरूमा आंशिक बदली 
काठमाडौँ : मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि  देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती प्रदेश र प्रदेश १ का एक दुई ठाउँमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेकी ती...