विद्यार्थी खोज्दै शिक्षक घरघरमा

विद्यार्थी खोज्दै शिक्षक घरघरमा
अञ्जली थापा, हेटौँडा : मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नाआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् । सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु गर्ने भनेको थियो । पशुपतिनाथ माविमा २०७७ को वार्षिक परीक्षामा ५४४ विद्यार्थीले परीक्षा दिएका थिए । विसं २०७८ अ...

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट (समयतालिकासहित)

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट (समयतालिकासहित)
काठमाडौँ  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परी...

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट हुने

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट हुने
काठमाडौँ : कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झै‌‌‍ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रह...

एसइईको नतिजा अगावै भर्ना नलिन आग्रह

एसइईको नतिजा अगावै भर्ना नलिन आग्रह
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो । शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा भनिएक...

एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै

काठमाडौँ : कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्र...

स्नातक तह उतीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता

स्नातक तह उतीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता
कलैया : बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिनुभयो । नगरपालिकाको यो अभियानलाई पचरौताको महिला...

एसईईको नतिजा साउन अन्त्यमा

एसईईको नतिजा साउन अन्त्यमा
काठमाडौँ : कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा ...

अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि

अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि
जनकपुरधाम : प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत जग्गामा २१ प्रतिशत जनसङ्ख्याको वसोवास, उच्च प्रजनन् दर, चाहनाभन्दा अधिक सन्तानको जन्म पनि जटिल समस्या बनेको पाइएको छ । कोरोना सङ्क...

बुबा–आमाको स्मृतिमा विद्यालयमा १० लाखको अक्षय कोष

बुबा–आमाको स्मृतिमा विद्यालयमा १० लाखको अक्षय कोष
भरतपुर : भरतपुर– ६, गीतानगर बजारमा रहेको अरुणाेदय माध्यमिक विद्यालयमा आफ्नो स्वर्गीय बुबा र आमाको स्मृतिमा छोरी लिली लोहनीले १० लाख ५ रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेकी छन् । भरतपुर घर भई हाल काठमाडौं बस्दै आएकी लोहनीले स्वर्गीय बुबा जीवनाथ लोहनी र आमा गंगा लोहनीको स्मृतिमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्योस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेकी हुन् । कोषको ब्याजबाट आउने रकम विद्यालयले ‘स्वर्गीय जीवनाथ लोहनी एवं स्वर्ग...

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ । यही असार २० गते अनलाइनको प्रयोगबा...