भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित
एजेन्सी : कृषि कानूनको विरोधमा आन्दोलनरत भारतीय किसान र सरकारी प्रतिनिधिहरूबीचको नवौँ वार्ता पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानून खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।
शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ । किसानहरुको मागप्रति सरकारी पक्ष धेरै नै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।
आन्दोलनरत क...