आकाश खुलेपछि चितवनबाट देखियो हिमाल (हेरौँ ५ तस्बिर)

आकाश खुलेपछि चितवनबाट देखियो हिमाल (हेरौँ ५ तस्बिर)
चितवन : चितवनमा धेरै दिनपछि आज आकाश सफा देखिएको छ । आकाश खुलेपछि आज सुन्दर हिमालको दृश्यहरु पनि देखिएका छन् । तस्बिर : नारायण भट्टराई तस्बिर : नारायण भट्टराई तस्बिर : नारायण भट्टराई तस्बिर : नारायण भट्टराई तस्बिर : नारायण भट्टराई    

साउनको पहिलो सोमबार यस्तो देखियो देवघाटधाम (तस्बिरहरुमा हेर्नुहोस्)

साउनको पहिलो सोमबार यस्तो देखियो देवघाटधाम (तस्बिरहरुमा हेर्नुहोस्)
चितवन  : कोभिड–१९ को जोखिममा पनि चितवन, तनहुँ र नवलपुको संगमस्थल पवित्र धार्मिकस्थल देवघाटधाममा तीर्थालुहरुको बाक्लो उपस्थिति देखिएको छ ।  तीर्थालुहरु पवित्र तीर्थस्थल देवघाटधाममा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै साउने सोमबार स्नानका लागि आएका छन् ।  देवघाटधाममा  स्नानका लागि नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत तीर्थालुहरु आउने गरेका छन् । स्नानका लागी कावासोतीबाट आएका विष्णुप्रसाद अर्याल भन्छन, “सके सधैँ नसके पनि साउनको सोमबार यहाँ आएर स्नान गरेमा ...

मुग्लिन-नारायणगढ सडकको पहिरो, समस्या झन भन्दा झन गहिरो (फोटो फिचर)

मुग्लिन-नारायणगढ सडकको पहिरो, समस्या झन भन्दा झन गहिरो (फोटो फिचर)
चितवन : सडक विस्तारको केही वर्ष अवरोध विहिन मुग्लिन नारायणगढ सडकमा अहिले झरी पर्नासाथ पहिरो झर्छ । पटक पटक पहिरो झर्ने र सोर्ने गर्दा अत्यावश्यक सवारी समेत घण्टौँ रोकिनु परेको छ । तर दीर्घकालिन समाधान अझै खोजिएको छैन ।चौधो किलोमा झरेको भिमकाय ढुँगा हटाउन काम भइरहेको छ । सेतीदोभानमा पहाडनै खसेर बाटो अवरुद्ध हुँदा दुइतर्फी सवारी बन्द थियो । आज विहान देखि एकतर्फी खुलेको हो ।

मेलम्ची उर्लंदा कयौं मानिस बेपत्ता, संरचनामा व्यापक क्षति (तस्वीरहरू)

मेलम्ची उर्लंदा कयौं मानिस बेपत्ता, संरचनामा व्यापक क्षति (तस्वीरहरू)
सिन्धुपाल्चोक : अविरल मनसुनी वर्षापछि बाढीपहिरो चल्दा सिन्धुपाल्चोकमा कयौं मानिस बेपत्ता भएका छन्‌ भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।  मेलम्ची र इन्द्रावती नदीमा ठूलो बाढी आएको र ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्‌। उनी सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌। ​तामाङका अनुसार बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ। तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बज...

कोलभञ्याङ्गका ३ सय ५० घरधुरी चेपाङ समुदायलाई सपना भिलेजद्धारा एक महिनालाई पुग्ने खाद्यान्न सहयोग

कोलभञ्याङ्गका ३ सय ५० घरधुरी चेपाङ समुदायलाई सपना भिलेजद्धारा एक महिनालाई पुग्ने खाद्यान्न सहयोग
चितवन : चितवनको सामाजिक सेवामा अग्रणी रहेको सपना भिलेज सोसल इम्प्याक्टले ईच्छाकामना गाँपालिकाका विपन्न चेपाङ समुदायलाई राहत वितरण गरेको छ । चेपाङ समुदाय कोलभञ्याङ्ग क्षेत्रका ३ सय ५० घरधुरी चेपाङ समुदायलाई करिब एक महिनालाई पग्ने खाद्यान्न सहयोग गरेको सपना भिलेज सोसल इम्प्याक्ट अध्यक्ष धुव्र गिरीले जानकारी दिए । https://youtu.be/RPh1xwomV6k     ६ महिना अनिकालको मार खेप्दै आएको यहाँ चेपाङ समुदाय पछिल्लो समयमा लकडाउनका मजदुरी समेत गर्न नपाएपछि खाद्यान्न...

यस्तो देखियो निषेधाज्ञामा चितवनको नारायणी किनार (फोटो फिचर)

यस्तो देखियो निषेधाज्ञामा चितवनको नारायणी किनार (फोटो फिचर)
चितवन : चितवनबासीको गर्मी छल्न पछिल्लो समय गतिलो गन्तव्य नारायणी नदी किनार बनेको छ । तर निषेधाज्ञाको प्रभावले यतिबेला नारायणी नदी किनार सुनसान बनेको छ । यहाँ सञ्चालित थुप्रै व्यवसाय पनि बन्द भएका छन् । विशेषगरी अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म नारायणीको किनारमा निकै चहलपहल हुने गर्दथ्यो । तर अहिले ती सबैमा निषेधाज्ञाको प्रभाव परेको छ ।        

नवलपुरमा निषेधाज्ञाकाे पहिलो दिन : कारवाहीमा भन्दा सचेतनामा जोड (फोटो फिचर)

नवलपुरमा निषेधाज्ञाकाे पहिलो दिन : कारवाहीमा भन्दा सचेतनामा जोड (फोटो फिचर)
गैँडाकोट : नवलपुरमा निषेधाज्ञाका आज पहिलो दिन गैँडाकोटमा अवेज्ञा गर्नेहरुलाई सम्झाएर छाडिएको छ । आज पहिलो दिन भएकाले कारवाही भन्दा सचेतना फैलाउन आफूहरु केन्द्रीत रहेको इलाका प्रहरी कार्यालय गैँडकोटका इन्चार्ज सुर्य आचार्यले जानकारी दिनुभयो । भोलिबाट थप कडाई गर्ने र साँझपख भीडभाड गर्नेहरुलाई सचेत गराएको उहाँको भनाई छ । जिल्लाभर भने १ सय को हाराहारीमा सवारी साधनहरु होल्डमा राखेर आगामी दिनमा निषेधाज्ञा नतोड्ने शर्तमा छाडिएको डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।

मनहरी पिस पार्कको सुन्दर तस्वीरहरु (फोटो फिचर)

मनहरी पिस पार्कको सुन्दर तस्वीरहरु (फोटो फिचर)
मनहरी : मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीमा अतिक्रमित जग्गाबाट बस्ती हटाएर सुन्दर ‘पिस पार्क’ निर्माण भएको छ । सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा बनेको पिस पार्क यतिखेर मकवानपुरकै प्रमुख आकर्षक गन्तब्यको रुपमा विकास हुँदै गइरहेको छ । अतिक्रमित ३ वटा घर र खेती भइरहेको जग्गा हटाएर चार बर्षअघि पिस पार्क निर्माण थालिएको हो । कूल ५ हेक्टर जग्गा समेटेर निर्माण थालिएको पिसपार्कको दक्षिणतर्फ रहेको टासी छोइलिङ गुम्बा र पूर्वतर्फ रहेक...

निषेधाज्ञाको दोश्रो दिन, चितवनमा देखिएको दृश्य (फोटो फिचर)

निषेधाज्ञाको दोश्रो दिन, चितवनमा देखिएको दृश्य (फोटो फिचर)
चितवन : चितवनमा विहिबार मध्यरात देखि जारि निषेधाज्ञाले शनिबार बजार तथा सडक सुनसान देखिएको छ । चितवनका सिमानाहरू र चोकमा प्रहरीले आवतजावतमा कडाइ गरेको छ। प्रहरीले सडकमा अत्यावस्यक काम बाहेक बाहिर हिड्ने पैदल यात्रीलाई समेत फर्काइदिने गरेको छ । सडकमा एम्बुलेन्स, खाद्यान्न ढुवानी ,पेट्रोलियम , निर्माण सामाग्री जस्ता अत्यावस्यक सवारी साधन बाहेक अन्य यातायातका सेवा गुडेका छैनन् । तस्विर : विशाल अंगाई

नवनिर्मित २२ तले धरहराका ९ तस्बिर (फोटो फिचर )

नवनिर्मित २२ तले धरहराका ९ तस्बिर (फोटो फिचर )
काठमाडौं : भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि ठडिएको छ । नवनिर्मित धरहरा उद्घाटनको तयारी गरिएको छ। २०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरासँगै थुप्रै भौतिक संरचना ध्वस्त पारेको थियो। त्यसमध्ये केही पुनःनिर्माण भएका छन् भने केही निर्माणाधीन छन् । भूकम्पमा भत्किएको धरहराको भग्नावशेषलाई संरक्षण गर्दै २२ तले नयाँ धरहरा निर्माण गरिएको हो। यसको वैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।