कोभिडको नमूना सङ्कलन सुस्त
कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड-१९ का शङ्कास्पद एक हजार ९२१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४९५ जना सक्रिय सङ्क्रमि...