ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
गुल्मी- गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । बुटवलबाट खाद्यन्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा घ...

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य टुंगिदै, ७ प्रतिशत काम मात्र बाँकी

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य टुंगिदै, ७ प्रतिशत काम मात्र बाँकी
रुपन्देही। रुपन्देहीमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत पुरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत पुरा भएकाले सबैभन्दा पहिले सम्पन्न हुने बताएका हुन । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि झण्डै असफल जस्तै भएको गौतम बुद्ध अन्तराष्ट्रि विमानस्थलको निर्माण कार्य सबैभन्दा पहिले सम्पन्न हुने...

बाँकेमा स्थानीय समूहबीच झडप : एकजनाको मृत्यु, ९ जना घाइते

बाँकेमा स्थानीय समूहबीच झडप : एकजनाको मृत्यु, ९ जना घाइते
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पर्ने बनियाँ गाउँमा गएराति भएको झडपमा एकजनाको मृत्यु भएको छ । ९ जना भाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए । पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूहका स्थानीयबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । टाउँकोमा गम्भीर चोट लागेका उनको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । सोमबारको गुरुवा गाउँमा लागेको मेलामा पुगेका बाबुलाल यादवको समूह र नरेश गुप्ता समूहबीच झडप भएको थियो । दुबै स...

बुबाले चक्कु हानि छोराकाे गरे हत्या

बुबाले चक्कु हानि छोराकाे गरे हत्या
बुटवल : रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलक...

भारतीयले सीमा नाकाबाटै नेपालीलाई फिर्ता पठाए

भारतीयले सीमा नाकाबाटै नेपालीलाई  फिर्ता पठाए
कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो । यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् । भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर...

१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ

१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ
  सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझील...

बुटवलका डाक्टरले जोखिम भत्ता नपाएको भन्दै आएनन् काममा

बुटवलका डाक्टरले जोखिम भत्ता नपाएको भन्दै आएनन् काममा
बुटवल : कोरोना जोखिम भत्ता नपाएको भन्दै बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमा अनुपस्थित भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ। सँगै सञ्चालन गरिएको अस्पतालको सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पतालले सात जना मेडिकल अफिसरलाई गत साउनदेखि करार सेवामा नियुक्त गरेको थियो। तर सातै जना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधबारदेखि सेवामा नफर्किएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरू खटाएर भए पनि अस्पता...

बाँकेमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु
बाँके : बाँकेमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँके राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगञ्ज निवासी ४८ वर्षीयका पुरुष, कैलालीको टीकापुर नगरपालिका-१ की ५६ वर्षीया महिला, दाङको तुलसीपुर उपमहानगरपालिका-१० की २० वर्षीया महिला र तुलसीपुर-५ का ७६ वर्षीयका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श...

बाँकेमा कोरोनाले ६३ जनाको मृत्यु

बाँकेमा कोरोनाले ६३ जनाको मृत्यु
नेपालगन्ज : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेक...

२९ लाख ४८ हजार रुपैयाँसहित १० जुवाडे पक्राउ

२९ लाख ४८ हजार रुपैयाँसहित १० जुवाडे पक्राउ
काठमाडौं : बाँकेको नेपालगन्ज उपमहानगरपालिका ४, बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा ४१ वर्षीय सन्तोष थापालगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति पक्राउ गरेको हो । उनीहरुको साथबाट २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्‍डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।