प्रहरीले चलायो चार राउण्ड गोली

प्रहरीले चलायो चार राउण्ड गोली
  रौतहट : चिरान काठसहित एउटा पिकप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १६ च २२३३ नम्बरको भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो । गएराती १२ बजेको समयमा रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी काठ हुँदै गरेको अवस्थामा उक्त भ्यान नियन्त्रणमा लिएको हो । सहायक वन अधिकृत अमरदेव यादवको कमाण्डमा गएको वन गस्ति टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । बरामद भएको काठ ५३.८ क्युफिट रहेको सिं...

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
  वाग्मती : डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वी...

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु
  लहान : सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो । स्कारपियो गाडी ठक्करबाट गम्भीर घ...

एक लाख २५ हजार बोरा मल काम लागेन

एक लाख २५ हजार बोरा मल काम लागेन
वीरगञ्ज : साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्ष...

आठ जिल्लामा एकैसाथ खोप अभियान

आठ जिल्लामा एकैसाथ खोप अभियान
जनकपुर : प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार या...

नौ लाख अवैध रकमसहित दुई जना पक्राउ

नौ लाख अवैध रकमसहित दुई जना पक्राउ
सिराहा : जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिराहाको बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि पनि अवैध रकमसहित प्रहरीले एक जनालाई पक्राउ...

मन्त्री साह सवार गाडीले सर्लाहीमा सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो

मन्त्री साह सवार गाडीले सर्लाहीमा सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो
सर्लाही :  शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको खुलेको छ । पुर्व पश्चिम राजमार्ग अन्गर्तत हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङलाई ठक्कर दिएर भागेको हो । जिपको ठक्करबाट तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको कम्मर र खुट्टामा चोट लागेको छ । ठक्कर दिएर भागेको गाडी मन्त्रीको रहेको अनुसन्धानको क्रममा खुलेको सर्लाहीका प्रहरी प्रबक्ता ...

कारले ठक्कर दिँदा बाघ मर्‍यो, चालक मिश्र पक्राउ

कारले ठक्कर दिँदा बाघ मर्‍यो, चालक मिश्र पक्राउ
  बारा : पर्सामा कारको ठककरबाट एउटा पाटे बाघ मरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेका अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको थियो । ठककरबाट घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए । जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको उनले बताए । कारले बाघको टाउकोमा ठक्कर दिएको थि...

राष्ट्रिय उद्धार अभियान : तीन सयले पाए खाना, नाना र छाना

राष्ट्रिय उद्धार अभियान : तीन सयले पाए खाना, नाना र छाना
पोखरा :  धनुषास्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उहाँ राम्ररी हिँडडुल गर्न सक्नुभएको थिएन । वरपर मान्छेको आवतजावत बाक्लै भए पनि कसैको नजर उहाँमा परेको थिएन । बेवारिसे व्यक्तिलाई हेर्ने दृष्टिकोण नै समाजमा अझै पनि सकारात्मक छैन भन्ने तीतो यथार्थ त्यहाँ देखियो । यत्तिकैमा एक हुल युवा हरर आइपुगे । एक्कासि नयाँ मानिसको जमघट देखेपछि स्थानीयवासीको जमघट बढ्यो । उनीहरु खुसामद गर्दै थिए । कतिले पै...

वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व घट्यो, ५ अर्बको लक्ष्य भेट्न मुस्किल

वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व घट्यो, ५ अर्बको लक्ष्य भेट्न मुस्किल
काठमाडौं : वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहले मंसिर महिनामा लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गर्ने भएको छ । पछिल्लो समय आयात घटेकाले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्ने भएको बन्दरगाहका सूचना अधिकारी जगदीश पूर्वेले जानकारी दिनुभयो । बन्दरगाहलाई मंसिर महिनामा ५ अर्ब राजस्व संकलनको लक्ष्य दिइएको छ । भन्सार कार्यालयले मंसिर २१ गतेसम्म जम्मा २ अर्ब १० करोड मात्र राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ४२ दशमलव ७० प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको १२ महिनाको ...