पाँचथरमा आगलागी हुँदा ७० लाखको क्षति
पाँचथर । कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्...