पर्वतको आर्थरमा एकैरात आधा दर्जन घर र कार्यालयमा चोरी

पर्वतको आर्थरमा एकैरात आधा दर्जन घर र कार्यालयमा चोरी
पर्वत : पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा एकैरात आधा दर्जन घर तथा कार्यालयहरुमा चोरी भएको छ । आर्थरको ठाडस्वारा, पोखरीचौर, अँधेरीनेटा लगायतका ठाउँमा बुधबार राती वडा कार्यालय, बिद्यालय र निजी घरमा चोरी भएको हो । स्थानिय अमृत गुरुङ्गको घरबाट साढे १३ तोला सुन र १ लाख नगद रुपैया चोरी भएको छ । त्यसैगरी भीमबहादुर क्षेत्रीको पसलबाट ५ हजार ५ सय नगद चोरी भएको छ । चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं १४ को कार्यालय, पञ्चकोशी माबि र देबी मन्दिरमा समेत तोडफोड र चोरी...

सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले भने–‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त...

सिजीले भन्दा गोर्खा ब्रुअरीले बुझायो दुई गुणा बढी राजश्व

सिजीले भन्दा गोर्खा ब्रुअरीले बुझायो दुई गुणा बढी राजश्व
गैँडाकोट : कोरोना र लकडाउनका वीच पनि आन्तरिक राजस्व कार्यालय, कावासोती,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले भर्खरै विदा भएको आर्थिक वर्ष २०७७/०७८ मा उल्लेख्य राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयका सूचना अधिकारी अमृत अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लक्ष्यको ८१ दशमलव ८१ प्रतिशत राजश्व संकलन भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजश्व कार्यालय नवलपुरले २० अर्ब ३० करोड ९४ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्नुपर्ने लक्ष्य पाएको थियो । तर लक्ष्यको ८१ दशमलव ...

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गुल्मी : गुल्मीमा जीपको ठक्करबाट मोटमोटरसाइकल चालकको मृत्यु भएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका वडानम्बर १४ निवासी ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप धुर्कोटबाट तम्घास जाँदै गर्दा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर- ४ अर्खलेमा भे १ च १९४३ नम्बरको जीपले छल्दितर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जीपको ठक्करबाट घाइते पाण्डेको उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत...

एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न

एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न
दमौली : एलायन्स क्लब अफ तनहँुको शुक्रबार दमौली पदस्थापना गरिएको छ । वर्ष सन् २०२१/२२ को लागि अध्यक्ष सुदीप पौडेललाई निर्वतमान अध्यक्ष जमुना जोशीले निर्णय पुस्तिका प्रदान गरि हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष उज्ज्वल पौडेलको प्रमुख आतिथ्यमा हस्तान्तरण कार्यक्रम गरिएको थियो । सो अवसरमा अध्यक्ष पौडेलले कामबाट नै सस्थाको पहिचान हुने भएकोले उदाहरणीय किसिमका कामहरु गरेर गरीमा बढाउनु पर्ने बताउनुभयो । साथै उहाँले क्लबले नेतृत्वको विकासको लागि महत्वपूर्ण भूम...

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु
म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ।मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो। बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो। घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए। इलाका प्रहरी कार्या...

गण्डकी प्रदेश सरकारले किसानले बिक्री गर्न नसकेका कृषि उपज खरिद गरिदिने

गण्डकी प्रदेश सरकारले किसानले बिक्री गर्न नसकेका कृषि उपज खरिद गरिदिने
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उनले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताए । उनले सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएक...

पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा !

पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा !
काठमाडौं :  राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । असार महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले कोरोनाका कारण गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले...

झोलुङ्गे पुल बगायो, जोखिम बढ्दो, स्थानीयवासी त्रसित

झोलुङ्गे पुल बगायो, जोखिम बढ्दो, स्थानीयवासी त्रसित
मनाङ  : मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी पहिराले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ’, लामिछा...

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
परासी : अविरल वर्षाका कारण आएको बाढीले पश्चिम नवलपरासीको सुनवलमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सुनवल नगरपालिकका–५, वनकट्टी र वडा नम्बर १३ बडेरामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्गको सवारी आवागमन अवरुद्ध बनेको भहो । डाइभर्सन बगाएपछि सवारी साधनहरु आज बिहान ४ बजेदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाले बताए । बाढीले डाइभर्सनमा राखिएको ह्युम पाइपसमेत बगाएको छ । अहिले डाइ...