२२ करोडको कृषिजन्य वस्तु निर्यात चार महिनामा

२२ करोडको कृषिजन्य वस्तु निर्यात चार महिनामा
सल्यान  : सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा रु २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट रु २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आवमा रु नौ करोड ८३ लाख ३६ हजार बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । चार महिनाको अवधिमा तीन हजार ५०० मेट्रिक टन तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो । यसैगरी रु चार करोड १...

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ
दैलेख- दैलेख प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. १० कालिकानगरका २७ बर्षे सिर्जना गुरुङ र सोही ठाउँका २१ बर्षे बिशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । दैलेखको गुराँस गाँउपालिका वडा नं. २ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडक खण्डमा शंकास्पद अवस्थामा हिँहिरहेका २ जनालाई खानतलास गर्दा सिर्जना गुरुङ्ले खुट्टाको मोजामा राखेको ४० पुरिया खैरो हिरोइन फेला...

मनाङमा चिसो बढ्यो, हिमतालहरु जमे, खानेपानीको अभाव

मनाङमा चिसो बढ्यो, हिमतालहरु जमे, खानेपानीको अभाव
  मनाङ । चिसो अत्यधिक बढेपछि मनाङका हिमतालहरु जम्न थालेका छन् । त्यहाँका गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टान जस्तै भएको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका वेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् । स्थानीयका अनुसार ४ हजार ९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका ताल यतिवेला जमेक...

हुम्लामा तापक्रम माइनस ८ डिग्री पुग्यो : हिमपातपछि चिसोले जनजीवन कष्टकर

हुम्लामा तापक्रम माइनस ८ डिग्री पुग्यो : हिमपातपछि चिसोले जनजीवन कष्टकर
हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने ...

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् । नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट,...

हुम्लामा हिमपात !

हुम्लामा हिमपात !
हुम्ला- हुम्लामा भारी हिमपात भएको छ । हिमपालपछि हुम्लाको जनजीवन कष्टकर भएको छ । फोटो सौजन्य: दाने बोहरा, रासस

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती
हुम्ला- हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा-५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिन...

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम सुरु

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम सुरु
  बैतडी : बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने नगरपालिकाले जनाएको छ । केही दिनभित्रै विस्तृत परियोजना प्रतिवेदन आउने र त्यसपछि भौतिक संरचनाको कामलाई अगाडि बढाइने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जान...

हुम्लामा जीप दुर्घटना ४ मृत्य ७ जना घाइते

हुम्लामा जीप दुर्घटना ४ मृत्य ७ जना घाइते
हुम्ला : गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११ः०० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ । मृत्य हुने सिमकाेट-७ का ३० वर्षिय पर्वत सुनार,सिमकाेट-२ का पारस बाेहरा,नाम्खा-१ हेप्का का ४५ वर्षिय डुकी तामाङ ,उनका श्रीमान ...

सिमकोट विमानस्थलमा आगलागी

सिमकोट विमानस्थलमा आगलागी
सिमकोट । सिमकोट विमानस्थलमा आगलागी भइरहेको छ । आज बिहानै अचानक विमानस्थलका प्रमुख बस्ने क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीलेजानकारी दिए । आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहरि निस्केपछि मात्रै आगालागीका बारेमा जानकारी प्राप्त भयोु, सुवेदीले भने, ुअहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् । हुम्ला सदरकुमाका सिमकोट माथिल्लो बजारमा हरको विमानस्थलमा का मगर्ने कर्मचारीको क्व...