पत्रकार महासंघद्वारा सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन माग

पत्रकार महासंघद्वारा सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन माग
चितवन : पत्रकार महासंघ चितवनले सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन  माग गर्दै ज्ञापनपत्र बुझाएको छ । वाग्मती प्रदेश सरकारले आफै सञ्चारमाध्यम खोल्ने र निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमलाई बेवास्ता गर्नेगरी शुरु गरेको क्रियाकलापको विरोध गर्दै नेपाल पत्रकार महासंघले ज्ञापनपत्र बुझाएको हो । महासंघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो । निजी तथा सामुदायिक ...

लुम्बिनी प्रदेश सभा बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार

लुम्बिनी प्रदेश सभा बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार
काठमाडौं : लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताउपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबा...

प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र

प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र
भक्तपुर, (रासस) : आफैँले टेलिभिजन, पत्रपत्रिका, रेडियो सञ्चालन गरी प्रदेशका १३ जिल्लाबाट प्रकाशित तथा प्रसारित हुने सञ्चारमाध्यमलाई बन्द गराउने उद्देश्यले वाग्मती प्रदेश सरकारले आमसञ्चारमाध्यम स्थापना गरेको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद भट्टराईमार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै महासङ्घले सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न रु १० करोड बजेट विनियोजन गरेको र...

तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउनू : दोलखा प्रशासन

तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउनू : दोलखा प्रशासन
काठमाडौँ :  तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने भएको छ । रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएकाले तत्कालै ठूलो खतरा टरे पनि पूर्णरूपमा जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशास...

हेलम्बुको बाढीमा २३ जना अझै बेपत्ता, गाउँपालिकाले सार्वजनिक गर्‍यो विवरण (सूचीसहित)

हेलम्बुको बाढीमा २३ जना अझै बेपत्ता, गाउँपालिकाले सार्वजनिक गर्‍यो विवरण (सूचीसहित)
काठमाडौँ : सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकाले असार १ गते आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ । गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ । बेपत्ता हुने २३ जनामध्ये मेलम्ची खानेपानी आयोजनामा का...

आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन : महासंघ नेतृत्व

आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलन : महासंघ नेतृत्व
बागमती : बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ । प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभुत मुल्य र मान्यतामै प्रहार गर्ने कुत्सित नियत देखिएको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिले आयो...

गोरखामा सहुलियत दरको चामल खरीद गर्नेको भिड

गोरखामा सहुलियत दरको चामल खरीद गर्नेको भिड
गोरखा- खाद्य तथा ब्यापार कम्पनी लिमिटेड गोरखा शाखाबाट दुई साताको बिचमा साढे ४ सय क्विन्टल चामल बिक्री भएको छ । निषेधाज्ञाका कारण प्रभावित बनेकाहरुलाई लक्षित गरी कम्पनीले जेठ २३ गतेबाट सहुलियत दरमा चामल बिक्री शुरु गरेको हो । हालसम्म ४ सय ४६ क्विन्टल चामल बिक्री भएको कम्पनीका शाखा प्रमुख नविन बस्नेतले बताउनुभयो । शाखा कार्यालयमा चामल खरीद गर्न आउनेको संख्या अझै पनि उच्च रहेको उहाँले बताउनुभयो । २० प्रतिशत छुटमा बिक्री गर्दा पनि दुई साताका विचमा २५ लाख रुपैयाँ मूल्यको चामल ब...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पार...

कर्णालीका ३ मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णालीका ३ मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
सुर्खेत : एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

वाग्मती प्रदेशको युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाई

वाग्मती प्रदेशको युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाई
मकवानपुर : वाग्मती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त भएका छन् । शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् । युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए । नियुक्त भएका चौलागाईलाई सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा विकासका लागि महिला युवाहरुको सक्रियता बढाउन...