पर्वतारोहण अनुमति लिने ४ सय नाघे

पर्वतारोहण अनुमति लिने ४ सय नाघे
काठमाडौं : वसन्तयामको पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिएका छन् । अनुमति प्रदान गर्ने पर्यटन विभागका अनुसार शुक्रबारसम्म विभिन्न हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४ सय १९ जनाले अनुमति पाएका छन् । अनुमति पाउनेमा ९० जना महिला र बाँकी ३ सय २९ जना पुरुष रहेका गोरखापत्रमा प्रकाशित छ ।

गैंडा गणनाको नतिजा आज सार्वजनिक गरिँदै

गैंडा गणनाको नतिजा आज सार्वजनिक गरिँदै
चितवन : पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गत चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शुक्रबार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिने गोरखापत्रमा प्रकाशित छ ।

हात्तीको अवैध सीमापार व्यापारमा नेपाली पर्यटन व्यवसायी

हात्तीको अवैध सीमापार व्यापारमा नेपाली पर्यटन व्यवसायी
काठमाडौं : चितवनको सौराहामा होटल चलाउने ज्ञानेन्द्रबहादुर बिष्टलाई उनले कहिलेदेखि हात्ती पाल्न थाले यकिन मिति याद छैन । तर जहिलेदेखि हात्ती पालिए, तिनले सधैं आफूलाई नाफा नै दिएको उनी निर्धक्क बताउँछन् । सौराहाका अन्य होटल जस्तै उनले आफ्ना हजारौं पाहुनालाई हात्तीमाथि चढाएर चितवन राष्ट्रिय निकुञ्ज बाहिरका सामुदायिक वनहरूमा सफारी गराएका छन्, अनि यसबापत करोडौं शुल्क उठाएका छन् । २०७६ सालको चैतसम्म उनीसँग तत्काल रहेका दुई हात्ती बिहानदेखि साँझसम्म पाहुनाको सेवामा व्यस्त हुन्थे ।...

कांग्रेस नेता गच्छदार पक्राउ पर्न सक्ने

कांग्रेस नेता गच्छदार पक्राउ पर्न सक्ने
काठमाडौं :  बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो । गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिक...

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
काठमाडौँ :  सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहाल भन्छन्, ‘तर, नेपालमा दलालीले घरजग्गा खोज्ने, किन्नेले चित...

काठमाडौँ विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा

काठमाडौँ विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा
काठमाडौँ :  केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले ...

नेपाल – खनाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

नेपाल – खनाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय
काठमाडौं :  प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् । आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी ग...

विदेशमा ज्यान गुमाएका १५ जनाको शव नेपाल ल्याइयो

विदेशमा ज्यान गुमाएका १५ जनाको शव नेपाल ल्याइयो
काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ ।आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा । यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २...

बढ्यो सुन आयात परिमाण , दैनिक कति आयात गर्न पाउने ?

बढ्यो सुन आयात परिमाण , दैनिक कति आयात गर्न पाउने ?
काठमाडौँ  : अब बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएका छन् । यसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ । यो एक वर्षअघिकै अवस्था हो। एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समयमा दैनिक २५ किलो सुन आयात गर्न पाउँथे । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो । कान्तिपुरमा खबर छ ।

सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति मौलायो

सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति मौलायो
काठमाडौँ  : सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो। त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो। उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो। उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ...