परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
सिद्धार्थनगर : निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उहाँले भन्नुभयो, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।” क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको स...

संविधान बचाएर ठूलै लडाइँ जितियो, अझै चुनौती बाँकी छ : प्रचण्ड

संविधान बचाएर ठूलै लडाइँ जितियो, अझै चुनौती बाँकी छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाएका छन्। शनिबार नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे। उनले गठबन्धन टुटाउन प्रतिक्रियावादीहरू लागि परेकाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू ढलेको टिप्पणी गरे। संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझ...

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै
काठमाडौँ : आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ । ‘गरौँ योग, रहौँ निरोग : मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको ...

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो
काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई...

सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परे : प्रचण्ड

सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परे : प्रचण्ड
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको दाबी गरेका छन् । शनिबार नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरेका छन् । ‘गठबन्धन टुटाउन निकै धेरै कसरत भयो । अहिले पनि प्रतिक्रियावादीहरू लागिरहेका छन् । त्यही कसरतका कारण गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू पनि ढले । प...

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित
काठमाडौँ  : जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छिन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो । भट्टले सो खेलमा वि...

आजदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

आजदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन
काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि लामो तथा मध्यम दूरीका यातायात सञ्चालनमा आएका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । मन्त्रिपरि...

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान
काठमाडौँ  : जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सो क्रममा उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोड्नुभयो । परियारले...

एमसीसी ढिलाइले अमेरिका असन्तुष्ट

एमसीसी ढिलाइले अमेरिका असन्तुष्ट
काठमाडौँ : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा भएको ढिलाइलाई लिएर अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स : नेपाल’ प्रतिवेदनमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो संकेत नभएको समेत उल्लेख छ । नेपालले ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग २०७४ भदौ २९ मा स...

नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम
झापा : पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा रु. छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताउनुभयो । उहाँले प्रत...