प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
  चितवन । चितवनमा सर्वाधिक पुरस्कार राशिको योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा माघको २१ गतेबाट योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र बाग्मति प्रदेशको राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार ...

एथ्लेटिक स्पेनिस कपको फाइनलमा, रियल मड्रिड पराजित

एथ्लेटिक स्पेनिस कपको फाइनलमा, रियल मड्रिड पराजित
एजेन्सी– साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन । अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष तीनमा

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष तीनमा
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष तीनमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको हो । सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७औँ स्थानमा छ ।

पीएसजीलाई सुपर कपको उपाधि

पीएसजीलाई सुपर कपको उपाधि
एजेन्सी- ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
एजेन्सी- बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् । सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा ...

सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु ः मन्त्री तामाङ

सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु ः मन्त्री तामाङ
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदमा रहेका समस्या सबैसित सहकार्य गर्दै समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा आज त्रिपुरेश्वरस्थित कार्यालयमा मन्त्री तामाङको स्वागत कार्यक्रममा उहाँले सहकार्य गरेर नै चुनौतीको सामना गर्ने बताउनुभयो । खेलकूदका समस्या सरोकारवालासँग सहकार्य गर्दै समाधान गर्ने उहाँको भनाइ थियो । समयस्याबारे चाँडै नै सबैसित छलफल गर्ने मन्त्री तामाङले उल्लेख गर्नुभयो । खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले...

उत्कृष्ट युवा खेलाडी बने तामाङ

उत्कृष्ट युवा खेलाडी बने तामाङ
काठमाडौं : गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । यस अवार्ड जित्ने क्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे । सुवासले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दु...

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित
एजेन्सी– कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ । ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो । बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकाल्ने क्रममा मेस्सी र र एन्टोइन ग्रिजमनको समान दुई गोल गरे । खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि दोस्रो गोल ३५औं मिनेटमा मेस्सीले गरे । ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलील...

रियल मड्रिड र रियल ओसासुनाको खेल गोलरहित बराबरी

रियल मड्रिड र रियल ओसासुनाको खेल गोलरहित बराबरी
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो । बल पोजिसनमा एकतर्फी पकड जमाए पनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता

चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता
एजेन्सी : घरेलु टिम यूएईले आयरल्याण्डविरुद्धको चार खेलको वानडे सिरिजमा अग्रता लिएको छ । आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा यूएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य यूएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले । रिजवानले १ सय ९ रन बनाउँदा उस्मानले अविजित १ सय १ रन बनाए । वाहिद अहमेदले अविजित १८ र जवार फारिडले १५ रन बनाए । आयरल्याण्डका बारी म्...