न यात्रुलाई डर छ, न चालक जिम्मेवार

न यात्रुलाई डर छ, न चालक जिम्मेवार
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीका समीर शर्मा सोमबार बिना मास्क आफ्ना साथीलाई बसमा पुगाउन धनगढी बसपार्क पुगे। डोटीको दिपायलमा रहेको प्राविधिक शिक्षालयमा ओभरसेयरको प्रवेश परीक्षा फाराम भर्नका लागि जान थालेका साथीलाई पुर्‍याउन उनी बसपार्क आएका हुन्। भर्खर लगाएको थिए, पसिनाले भिज्यो र फालि दिएँ’ अन्नपूर्णको टीमसँग उनले भने,‘अब किनेर लगाउछु।’ १२ कक्षामा पढिरहेका उनको मुखमा मास्क नभएपनि, उनी आफूले लापरवाही गरेकोमा पछुताएझैं देखिन्थेँ। ‘सरी अंकल, म किनेर ल्याउछु’ ...

ठेक्का पाएर पनि औषधी नल्याउँने ओबीसीआई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

ठेक्का पाएर पनि औषधी नल्याउँने ओबीसीआई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश
काठमान्डौ : कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि औषधी खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओबीसीआई प्राइभेट लिमिटेडलाई कालोसूचीमा नराख्न सर्वोच्चले अन्तरिम आदेश दिएको सर्वोच्चबाट थाहा भएको छ । आफ्नो गल्ती नभए पनि सरकारले आफूलाई कालोसूचीमा राख्ने कार्य गरेको उल्लेख गर्दै ओबीसीआई प्रालिका सञ्चालक पारस केसीले सर्वोच...

पौडेल पक्षको अल्टिमेटम

पौडेल पक्षको अल्टिमेटम
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले विधानविपरीतका निर्णय सच्याउन सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिएको छ। देउवासँग असन्तुष्ट पक्षले सोमबार पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षरसहितको विरोधपत्र केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको हो। महाधिवेशन प्रभावित पार्ने र पार्टी कब्जा गर्ने नियतले विधानविपरीतका कामकारबाही भएको उनीहरूको निष्कर्ष छ। उनीहरूले यही असोज १९ गतेका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठकसम्म विधानविपर...

घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिवि

घरपायक क्याम्पसबाट परीक्षा दिने तयारीमा त्रिवि
काठमाडौं, १२ असोज । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले भौतिकरुपमै पर...

बन्यो छाङ्रु जाने बाटो

बन्यो छाङ्रु जाने बाटो
दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो । कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेन...

तीन दशकसम्म मुद्दाको झमेला

तीन दशकसम्म मुद्दाको झमेला
राजविराज । सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछि विनोदले मुद्दा लड्न थालेका रहेछन्। ‘अदालतले फैसला गर्दा पुस्ता बित्यो’, उनले भने, ‘कार्यान्वयन गर्न अर्को पुस्ता कुनुपर्ने देखियो।’ उनले पछिल्लो पटक भदौ २४ गते आफ्नो नैसर्गिक अंश हक रहेको जमिनमा वडा कार्यालय निर्माण हुन लागेको भन्दै अदालतमा निषेधाज्ञाको रिट हालेका थिए। आफ्नो अंशभागमा परेको कित्ता नम्बर १३२१ को १ कठ्...

‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’

‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आइतबार निजी मेडिकल कलेजको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएका हुन् । प्रवक्ता गौतमका लक्षण नभएका विद्यार्थीमा पीसीआर परीक्षण गराउने निर्णय अवैज्ञानिक हुन्छ । उनले सरकारले पीसीआर परीक्षणका लागि तोकेका व्यक्ति र ...

ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी

ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी
काठमाडौं, १२ असोज । वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस कोभिड १९ का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर सदस्यलाई सहुलियत दिएका छन्। यसका साथै ७० दिनसम्म बिना ब्याजमा १५ हजारसम्म ऋण दिनुका साथै सिंगल डिजिटमै ऋण दिएर सदस्यलाई व्यवसायिक बनाउन लागिपरेका छन्। चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले असार मसान्तसम्म ऋण तिर्ने सदस्यलाई ब्याजमा लाग्ने रकमो १५ प्रतिशत छुट दिएको बताए। ‘यस अवधिमा कसैलाई जरिव...

देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने

देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ। नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहको शनिबार बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएको निर्णय असोज १९ गतेभित्र सच्याउन देउवालाई अल्टिमेट दि...

बलात्कारका ४२० घटना

बलात्कारका ४२० घटना
काठमाडौं । साउन र भदौमा मात्र बलात्कारका ४ सय २० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्। दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन। कोरोना महामारीकै समयमा पनि बलात्कारका घटना बढेपछि प्रहरी पनि सोचमग्न भएको छ। अन्य अपराधमा केही कमी आए पनि बलात्कारका घटना बढेको प्रहरी निष्कर्ष छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनमा मात्रै देशभर २ सय ६० वटा बलात्कारका मुद्...