सौराहामा पर्यटक लाेभ्याउन ‘सेल्फी प्वाइन्ट’
चितवन : कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् ।
‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ ।
राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ । याे सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैल...