कृषि समुहद्धारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन
चितवन : रत्ननगर व्यवसायिक बाख्रा पालन कृषि समुहको लगानीमा रत्ननगरमा मासु पसल सञ्चालनमा आएको छ । सौराहाचोकबाट सौराहा जाने वाटो तर्फ करिब २०० मिटर भित्र सौराहा जाने वाटोमा व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको सो मासु पसलको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बुधबार उद्घघाटन गर्नुभयो ।
उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका वनले सवै कृषकहरु एकीकृत भएर अगाडी बढ्नु पर्ने वताउनु भएको थियो । उहाँले कृषकहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको वताए । साथै मासु पसल सञ्चालक...