सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह
चितवन : चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल लुटपाट तथा निजकी श्रीमती अमितामाथि हातपात गरी गम्भीर घाइते बनाएको घटनाको खेद प्रकट गरिएको छ । प्रवक्ता विकास वर्माले विज्ञप्ति जारी गरी लहानमा भएको घट्नालगत्तै सुरक्षा संयन्त्रलाई चुनौती दिँदै लहान ७ स्थित महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश शारडाको पसलमा श्रृंखलाबद्ध हत्या, लुटपाट तथा निजी कारसमेत लुटी अभियुक्तहरु फरार भएको घट्नाले नेपाल सुनचाँदी व्यव...

नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब

नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५...

वर्षकाे अन्तिम दिन सुनकाे भाउ घट्याे

वर्षकाे अन्तिम दिन सुनकाे भाउ घट्याे
काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अन्नपुर्ण पशु आहार उद्योग संचालनमा  

अन्नपुर्ण पशु आहार उद्योग संचालनमा  
चितवन  : भरतपुर ६ मा अन्नपुर्ण पशु आहार उद्योग संचालनमा आएको छ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाको व्यवस्थापनमा पशु आहार उद्योग संचालनमा आएको हो । उद्यागको सोमवार एक कार्यक्रमका विच वागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले औपचारिक उद्घाटन गनुभयो । उद्घाटन गदै मन्त्री लामाले १ बर्षको अन्तरालमा सवै प्रक्रिया पुर्याएर उद्योग निमार्ण र संचालन हुनु सकरात्मक रहेको बताउनुभयो । उहाँले पशु आहार उद्योगबाट उत्पादित आहारले पछिल्लो समय द...

पर्वतारोहण अनुमति लिने ४ सय नाघे

पर्वतारोहण अनुमति लिने ४ सय नाघे
काठमाडौं : वसन्तयामको पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिएका छन् । अनुमति प्रदान गर्ने पर्यटन विभागका अनुसार शुक्रबारसम्म विभिन्न हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४ सय १९ जनाले अनुमति पाएका छन् । अनुमति पाउनेमा ९० जना महिला र बाँकी ३ सय २९ जना पुरुष रहेका गोरखापत्रमा प्रकाशित छ ।

नेप्से नयाँ उचाइमा

नेप्से नयाँ उचाइमा
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ ह...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं : सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोेला १ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार बजारमा प्रतितोला चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

डीडीसीको गन्हाएको दूध बजारमा, महानिर्देशक नै बेखबर

डीडीसीको गन्हाएको दूध बजारमा, महानिर्देशक नै बेखबर
काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को दूध दिनहुँजसो उपभोग गर्छन् । यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको उनको भनाइ छ । गत मंगलबार भने सुवेदीलाई डीडीसीको दूधमा शंका लाग्यो । ‘चिया खाँदा अस्वाभाविक गन्ध आयो । शंका लागेर कार्यालय जाँदा दूध लिई गएँ । थप नमुना संकलन गरेर परीक्षण गर्न दिएँ,’ सुवेदीले भने, ‘कार्यालयमा पनि दूधमा गन्ध आएको, पकाउँदा अमिलो भएको भन्दै दुई–तीन ...

सिभिल होम्स टाट पल्टेको घोषणा हुन मात्र बाँकी, सत्ताको बलमा इच्छाराजको धन्दा

सिभिल होम्स टाट पल्टेको घोषणा हुन मात्र बाँकी, सत्ताको बलमा इच्छाराजको धन्दा
काठमाडौँ : सत्ताको बलमा टालटुल पार्दै आएको भए पनि पूर्वसभासद् इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल होम्स प्रालि टाट पल्टेको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा पुगेको छ। सिभिल सहकारीबाट लिएको कर्जाको सावाँ ब्याज तिर्न नसकेर त्यसका सञ्चालक तामाङ छली- छली हिँड्ने गरेका छन् । – आ.व. २०७३/०७४ मा सिभिल सहकारीद्वारा ६ अर्ब ८२ करोड ५७ लाख रकमबराबरको कुल कर्जा प्रवाह गरिएकोमध्ये आपसी सम्बन्ध रहेको सिभिल होम्स प्रालिलाई मात्र ५ अर्ब ७६ करोड ७८ लाखको कर्जा प्रवाह भएको देखिन...

चितवनमा उद्योग संघका अध्यक्ष राजुको दादागिरी, खुल्ले आम बिक्रि वितरण गर्छन् अवैध औधषी

चितवनमा उद्योग संघका अध्यक्ष राजुको दादागिरी, खुल्ले आम बिक्रि वितरण गर्छन् अवैध औधषी
काठमाडौं : नेपालको एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा पशुपन्छीको औषधि उत्पादन र बिक्री–वितरण गरिरहेको खुलासा भएको छ । औषधि उत्पादन र बिक्री–वितरणको अनुमति दिने नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी औषधिको उत्पादन गरी बिक्री–वितरण गरेको पाइएको हो । यो गैरकानुनी काममा चितवनको भरतपुरमा रहेको लाइभकेयर फर्मास्युटिकल्स प्रालि संलग्न रहेको भेटिएको छ । ‘टाइमोलिभ ८०’ नामक औषधि विभागको दर्ता रेकर्डमा नभए पनि लाइभकेयरले स्थापनाकालदेखि नै यसको उत्पादन र बिक्री–वितरण गर...