काठमाडौं : पछिल्लो समय हाम्रो समाजमा पनि पानी पिउने भाँडोलाई तामाबाट बनाउने चलन सुरु भइसकेको छ । तामाको भाँडामा पानी राखियो भने भने शुद्ध हुन्छ भन्ने भनाइ छ । फोहोर पानी भएता पनि तामाको भाँडामा राखेको केही घण्टामै शुद्ध हुने बताइएको छ ।

तामाको भाँडाकुँडाको प्रयोग शहरमा भन्दा पनि गाउँ–घरमा धेरै प्रयोग गर्ने गरिन्छ । किनभने शहर बजारमा काँच, स्टिल, चिनिया माटो, आल्मुनियम लगाएतको भाँडाकुँडा सबै भन्दा बढी प्रयोग गर्ने गरिन्छ ।

पछिल्लो समय शहर बजारमा समेत तामाको भाँडाकुँदा प्रयोगमा ल्याउन थालिएको छ । सबै भन्दा बढी पानी पिउनका लागि तामाको भाँडा प्रयोग गर्न थालिएको छ ।

किन तामाको भाँडामा पानी पिउने ?

  • तामाको भाँडामा पानी पिउँदा हाम्रो पाचन तन्त्रको सुधार गर्छ ।
  • वजन कम गर्न मद्दत गर्छ ।
  • शरीरमा लागेको घाउचोच चाँडो निको हुन्छ ।
  •  छिट्टो हुने बुढ्यौलीपनलाई कम गर्छ ।
  • क्यान्सर हुनबाट जोगाउँछ ।
  • ब्याक्टेरियाको विनाश गर्छ ।
  • दिमागलाई स्टिमुलेट गर्छ ।
  • थाइरोइडलाई नियन्त्रण गर्छ ।
  • रगतको कमी हुनबाट बचाउँछ ।
  • कोलेस्ट्रोल कम गर्छ ।
  • मेलानियमको रक्षा गर्छ ।
  • शरीरको आइरन तत्व एब्जर्ब गर्न सहयोग गर्छ ।
  • मृगौलालाई सफा गर्छ ।

तपाईको प्रतिक्रिया