भण्डारा : राप्ती नगरपालिका वडा नं ५ को एक घरमा आगलागी भएको छ । मंगलबार बिहान २ बजे भाइजी झाको घरमा आगो लागेको हो । विद्युत सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट नगद २५ हजारसहित पुर्ण रुपमा घर र सामान जलेको छ । आफुले काम गरि ल्याएको नगदसहित सम्पुर्ण सामान नष्ट भएको पिडितले बताए । खाद्यान्न, लत्ताकपडा लगायत सबै जलेपछि खाना र बस्नको समस्या परेको पिडितको गुनासो छ ।

तपाईको प्रतिक्रिया