चितवन : चितवनका होण्डा स्कुटरका पारखीहरुका लागि नयाँ मोडलको ग्राजिया बीएस सिक्स मोडलको स्कुटर सार्वजनिक गरिएको छ ।

चितवन र नवलपुरका ग्राहकहरुलाई लक्षित गर्दै युनाइटे मोटर्स प्रालिले भरतपुरमा एक समारोहका बीच स्कुटरको सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र चितवन अटो मोबाइलस डिलर्स एशोसियसन चितवनका अध्यक्ष इश्वरकुमार श्रेष्ठले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका हुन् ।

सो अवसरमा बोल्दै उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले नाम नै काफी भएको होण्डा ब्राण्डले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेर चितवनका ग्राहकहरुको थप मन जित्ने विश्वास गरे ।

विगत १६ वर्षदेखि होण्डा ब्राण्डको मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको युनाइटेड मोटर्सले झण्डै १० हजार सेवाग्राहीलाई सेवा दिएको जानकारी दिँदै युनाइटेड मोटर्सका निर्देशक राजन पियाले नयाँ मोडलको स्कुटरले चितवनका ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी लिमिटेडले आजदेखि नेपाली बजारमा होण्डा ग्राजिया बीएस सिक्स मोडल राजधानी काठमाडौंसहित देशभर सार्वजनिक गरेको हो ।

आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएस सिक्स मोडलमा व्यवहारिक फिचरहरु थप ग्री र्पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको संस्थाका प्रबन्ध निर्देशक रविन श्रेष्ठले जानकारी दिए । यस फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्छन् ।

होण्डाको पीजीएम एफआई (प्रोग्राम फ्युल इन्जेसन टेक्नोलोजी) प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको युनाइटेड मोटर्सकै अर्का निर्देशक प्रविन श्रेष्ठले जानकारी दिए ।

ग्राजियाको यस नयाँ बीएस सिक्स डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बीएस सिक्स एसटिडी मोडलमा इन्जिन स्टार्ट÷स्टप स्वीच रहेको छ ।

यसका साथै यस स्कुटरमा साइड स्ट्या ड इन्जिन अफ फिचर एसीजी सहितको
साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ । नेपाली बजारमा ग्राजिया बीएसभी सिक्स डिएसस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएसभी सिक्स मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ ।

युनाइटेड मोटर्सका प्रवन्ध निर्देश रविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न लन्चिङ्ग कार्यक्रममा रिकण्डिशन एशोसियसन चितवनका अध्यक्ष सुर्य अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया