चितवन : गायक भुवन प्यासीको नयाँ आधुनिक तीज गीत मखमली आज शुक्रबार सार्वजनिक भएको छ। उक्त गीतमा प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छन्।

गायक प्यासीले यसपटक आफ्नै अफिसियल यूट्यूव च्यानल भुवन प्यासीबाट गीत सार्वजनिक गरेक छन्। यस गीतमा शव्द शंकर अधिकारी घायलको रहेको छ भने संगीत भने स्वयम् गायक प्यासीको रहेको छ।

यस गीतको भिडियोमा सरिता धनकुटी र देव महतोको अभिनय रहेको छ। भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्। यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक प्यासीले बताए ।

तपाईको प्रतिक्रिया