चितवन : ‘ग्लोबल आइकन’का रूपमा परिचित बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाइरहेकी छन्। उनी आफ्नो काममा व्यस्त हुनुका साथै परिवार र साथीभाइका लागि समय निकालिरहेकी हुन्छिन्।

अहिले लन्डनमा व्यस्त रहेकी प्रियंका केही समय अघि न्युयोर्क पुगेकी थिइन्। त्यहाँ उनले परिवारसँग समय बिताउनुका साथै आफ्नै ‘सोना’ रेष्टुरेन्टमा भारतीय खाना खाएकी थिइन्। रेष्टुरेन्टमा भारतीय खानाको मज्जा उठाउनुका साथै आफ्नी आमा मधु चोपडाको जन्मदिन पनि धुमधामका साथ मनाएकी थिइन्। आमाको जन्मदिन मनाउन प्रियंका विशेष पोसाकमा सजिएकी थिइन्।

आमाको जन्मदिनको पार्टीमा प्रियंकाले सेतो रंगको ‘हाई स्लिट’ लगाएकी थिइन्। जुन ड्रेसमा उनलाई निकै सुन्दर पनि देखिएको थियो। उनले हाई स्लिटसँगै गोल्डेन हिल लगाएकी थिइन्। उनले केही समयअघि कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन्। सामाजिक सञ्जालमा उनको सुन्दरता र पहिरनको निकै चर्चा भइरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रियंकाले लगाएको पहिरन फ्रेन्च फेसन कम्पनी ज्याकुमसको हो। यो ड्रेस हलिउड मोडल जीजी हदिदले एक वर्षअघि ‘¥याम्प वाक’का क्रममा लगाएकी थिइन्। अहिले प्रियंकाले लगाएकी ड्रेस त्यतिबेलै निकै चर्चामा आएको थियो। जसको मूल्य आठ सय अमेरिकी डलर पर्ने जनाइएको छ।

पछिल्लो समय प्रियंका लन्डनमा छिन्। उनी हलिउड सिरिज सिटाडेलको सुटिङमा व्यस्त छिन्। उनले आफ्नो व्यस्त तालिकाबीच पनि केही समय निकालेर साथीहरूसँग इङ्ल्यान्डको विभिन्न स्थानको घुमघाम पनि गर्दै आएकी छन्। उनले आफूले घुमेका सुन्दर ठाउँहरूको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पनि सेयर गर्दै आएकी छन्।

हालै सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष सार्वजनिक गर्ने ‘इन्स्टाग्राम रिच लिस्ट’मा उनी पनि परेकी थिइनन्। उनी यो सूचीमा २७औं स्थानमा परेकी हुन्।

तपाईको प्रतिक्रिया