चितवन : सडक विस्तारको केही वर्ष अवरोध विहिन मुग्लिन नारायणगढ सडकमा अहिले झरी पर्नासाथ पहिरो झर्छ । पटक पटक पहिरो झर्ने र सोर्ने गर्दा अत्यावश्यक सवारी समेत घण्टौँ रोकिनु परेको छ । तर दीर्घकालिन समाधान अझै खोजिएको छैन ।चौधो किलोमा झरेको भिमकाय ढुँगा हटाउन काम भइरहेको छ । सेतीदोभानमा पहाडनै खसेर बाटो अवरुद्ध हुँदा दुइतर्फी सवारी बन्द थियो । आज विहान देखि एकतर्फी खुलेको हो ।

तपाईको प्रतिक्रिया