चितवन :  कोभिड महामारीमा चितवन बालकुमारी क्याम्पसमा भएको फारम भर्ने प्रक्रिया तत्काल रोक्न अखिल क्रान्तिकारी मूल इकाई कमिटि, बालकुमारी कलेजले माग गरेको छ ।

देश अहिले कोभिड–१९ सँग जुधिरहेको समयमा त्रिभुवन विश्वविद्यालय र देशभरी सम्बन्धन प्राप्त क्याम्पसहरुमा भइरहेको अवैज्ञानिक फारम भर्ने ब्यबस्था प्रती अखिल क्रान्तिकारीले गम्भीर असहमति जनाएको हो ।

लकडाउनको कारण विद्यार्थी गाउँ फर्केको समयमा विद्यार्थी, अभिभावक संग जुन हिसाबले पुरै शुल्क उठाउने दुशप्रयाश क्याम्पस प्रशासनबाट भएको प्रती हाम्रो संगठन घोर भत्सर्ना गरेको छ ।

कोरोना महामारीको समयमा देशै भरी जस्तै क्याम्पसमा गरिएको अनलाइन फारम भर्ने ब्याबस्थाको कारण कुनै विद्यार्थीको फारम छुट्न गएमा त्यसको जिम्मेवार क्याम्पस प्रसाशन हुनुको साथै लकडाउन खुलेपछि भौतिक रूपमा समेत फारम भर्ने ब्यबस्था मिलाउन हामी जोड्दार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया