आँबुखैरेनी : माछा मार्न त्रिशूली नदी गएका तनहुँका एक व्यक्ति ४ दिनदेखि बेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय किरण गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया