कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिंदैछन । आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्न लागेका हुन ।

मुख्यमन्त्री गुरुङलाई चाहिने मन उनको दल नेकपा (एमाले) सँग मात्र छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् ।

एमालेका यी सांसद पनि अहिले दुई खेमामा विभक्त छन् । जसअनुसार गण्डकी प्रदेशमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले मुख्यमन्त्री गुरुङलाई नै साथ दिने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया