चितवन : चितवन प्रहरीद्धारा जवरजस्ती करणी मुद्धा र कर्तब्य ज्यान मुद्धाका फरार दुई अपराधी पक्राउ परेका छन् ।

पुनरावेदन अदालत हेटौडाको फैसला बमोजिम जबरजस्ति करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने ३४ बर्षिय मिन बहादुर तामाङ र कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने ३५ बर्षिय उदेश बि.क.लाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया