जेन्सी:  बलिउड अभिनेत्री जुही चावलालाई दिल्ली उच्च अदालतले २० लाख जरिवानाको फैसला सुनाएको छ। अभिनेत्री जुहीले पब्लिसिटी पाउन र अदालतको समय दुरुपयोग गरेको भन्दै उच्च अदालत दिल्लीले उक्त फैसला सुनाएको हो।

केही दिनअघि अभिनेत्री जुहीले ‘फाइभ जी’विरुद्ध अदालतमा एक रिट दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन्। सोही मुद्दाको विपक्षमा फैसला गर्दै अदालतले २० लाख जरिवाना सुनाएको हो।

कोटले जुहीको रिट खारेज गर्दै भनिएको छ, ‘रिटकर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ। यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो।’

तपाईको प्रतिक्रिया