चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वडा न ०२ मा स्थित शिबपुरि इको पार्क पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । सडकबाट नजिक सुबिधाजनक ठाउँ भएपछी आन्तरिक पर्यटकको केन्द्र बनेको हो ।

कोरोना अघि जिल्लाका विभिन्न ठाउँबाट पिकनिकको लागी आउने गरेका सुरदेबी टोल बिकास सस्थाका अध्यक्ष दिपेन्द्र थपलियाले जानकारी दिए । ” कोरोनाले गर्दा अहिले पर्यटक आउने जानेमा कमि भएपनी निकट भबिस्यमा चर्चित पर्यटकिय गन्तब्य बन्ने छ ।” अध्यक्ष थपलियाले भने ।

उक्त पार्क बागमती प्रदेश उद्योग बन,वातावरण मन्त्रालय , जिल्ला वन कार्यालय र राप्ती नगरपालिका वडा न ०२ को लगानीमा निर्माण गरिएको शिबपुरी सामुदायिक वनका अध्यक्ष गोबिन्दबहादुर बर्तौलाले जानकारी दिए । पार्क निर्माण समितिका अध्यक्ष बुद्धि उप्रेतीले अझै पार्क निर्माणको चरणमा रहेको र बाल खेलौना , सडक निर्माण , लगायत कामहरु सम्पन्नको चरणमा रहेकाले पार्क लाई निकट भबिस्यमा जिल्लाकै उत्कृष्ट पार्क बनाउने पनि बताए ।

पार्कमा अहिले बिहान मर्निङवाक गर्न राप्तीका विभिन्न वडा बाट मानिसहरु आउनेजाने गर्छन । उक्त पार्कमा पिकनिक खान , मनोरञ्जन गर्न , बच्चाहरुलाई खेलाउन , शान्त मनोरम वातावरणमा बस्न , सुर्यास्त अबलोकन गर्न , राप्ती नदि बगेको हेर्न सकिन्छ भने विभिन्न सभा सम्मेलन गर्न शान्त वातावरण पनि रहेको छ ।

तपाईको प्रतिक्रिया