काठमाडाैं : होटल सोल्टी अब लक्जरी सेग्मेन्टसहित आउने भएको छ । २६ वर्ष अगाडि इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)सँग गरेको व्यवस्थापन सम्झौता १४ मे (बैशाख ३१ गते) सकिएसँगै होटलले नयाँ स्वरुपमा विकास गर्दै ‘दी सोल्टी काठमाडौं’को नामबाट पुन: ब्र्रान्डिङ गरेर थप लक्जरियस प्रोडक्टमा विकास गर्ने भएको छ ।

होटललाई समयअनुसार विस्तार र स्तरोन्नति गर्दै लाने योजनासहित व्यवस्थापनको जिम्मा होटल सोल्टीले नै हेर्ने गरी काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले २६ वर्ष अगाडि आईएचजीसँग भएको व्यवस्थापन सम्झौता बैशाख ३१ गते टुंग्याएर जेठ १ गतेबाट नै होटलले आफनो व्यवस्थापन तथा पुनब्र्रान्डिङको काम सुरु गरेको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाइ बताएकाे समाचार काराेबार दैनिकमा छापिएकाे छ ।

तपाईको प्रतिक्रिया