काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षण गरिएकोमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षण गरिएकोमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु भएको छ । यससंगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् । यससंगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् । आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया