चितवन  : चितवनमा कोरोना भाइरस संसंक्रमितको संख्या ८ हजार ४ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार आज (सोमबार) दिउँसोसम्म जिल्लाभर कुल संक्रमितको संख्या ८ हजार ४ सय ४५ पुगेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर कुल संक्रमित मध्ये ६ हजार ९ सय २० जना निको भइसकेका छन् । त्यस्तै जिल्लाभर हालसम्म १२१ जनाको मृत्‍यु भएको छ ।

त्यस्तै जिल्लाभर सक्रिय संक्रमित संख्या १ हजार ४ सय ४ पुगेको छ । जसमा भरतपुर महानगरपालिकामा मात्रै १,१६३ जना छन् । रत्ननगर नगरपालिकामा १०८, खैरहनीमा ४७, राप्तीमा ३०, कालिकामा २३, माडीमा २४ र जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनिहरु मध्ये १३१५ जना होम आइसोलेसनमा बसिरहेका छन् । अन्य ८९ जनाको भने जिल्लाका बिभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया