एजेन्सी : विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ। विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको हो।

बिल गेट्सले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी दिएका हुन्। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका गरेका हुन्।

उनले लेखेका छन्, ‘लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ। २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ। हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ। हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ। त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।’

सम्बन्ध विच्छेद गरे पनि उनीहरु दुवै मिलेर चलाउँदै आएका बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन लागि भने अझै पनि मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन्। बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो। उनीहरुको भेट सन् १९८७ मा भएको थियो।

तपाईको प्रतिक्रिया