चितवन : चितवनमा जारी निषेधाज्ञाको अवलोकनमा प्रमुख जिल्ला अधिकारी आफै खटिएका छन् । केही प्रहरी सहित प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफै खटिएका हुन् ।

सो क्रममा निषेधाज्ञाको बर्खिलाप हुने गरि खोलिएका पसल व्यवसाय बन्द गराइएको छ । पट्कै पिच्छे नियम उल्लङ्घन गर्नेहरुलाई कार्बाही पनि गर्ने गरिएको छ । जिल्लामा गत बैशाख १६ गते रातीदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर आम सर्वसाधारणका लागि दैनिक उपभोग्य सामग्री किन्न प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म को समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया