एजेन्सी : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको सोमबार राति हुने खेल स्थगित भएको छ । गएराति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको हो ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति माफृत जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमवार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेलको अर्को तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती र सन्दीप वारियरको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।’

तपाईको प्रतिक्रिया