चितवन : चितवनमा विहिबार मध्यरात देखि जारि निषेधाज्ञाले शनिबार बजार तथा सडक सुनसान देखिएको छ । चितवनका सिमानाहरू र चोकमा प्रहरीले आवतजावतमा कडाइ गरेको छ।

प्रहरीले सडकमा अत्यावस्यक काम बाहेक बाहिर हिड्ने पैदल यात्रीलाई समेत फर्काइदिने गरेको छ ।

सडकमा एम्बुलेन्स, खाद्यान्न ढुवानी ,पेट्रोलियम , निर्माण सामाग्री जस्ता अत्यावस्यक सवारी साधन बाहेक अन्य यातायातका सेवा गुडेका छैनन् ।

तस्विर : विशाल अंगाई

तपाईको प्रतिक्रिया